भुइँमा बसेर खाना खानुका फाइदा जानिराखौं

आजभोलि पिर्कामा बसेर खाना खाने चलन हराउँदै गएको छ । गाउँघरतिर अलिअलि प्रचलनमा रहेपनि शहरमा भने भुइँमा बसेर खान लाज मान्न थालिएको छ । कुर्सीमा बसेर टेबलमा राखेर खाना खाने चलन बढ्दो छ । तर भुइँमा बसेर खाना खानुका धेरै फाइदा छन् जसका बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।

eating-in-land

पाचन क्रिया – भुइँमा बसेर खाना खाँदा सुखासनको मुद्रा बन्छ । यो योगासनमा बसेर खाना खाँदा मजाले पच्छ । पेटसम्बन्धी धेरै समस्या यसबाट समाधान हुन्छ ।

शरीरलाई लचिलो बनाउँछ – भुइँमा बसेर खाँदा पिठ्युँ र पेट वरपरका मांसपेशीहरू तन्किन्छन् । यसो गर्दा शरीर लचिलो हुन्छ ।

बाथबाट मुक्ति – यसरी खाने बानी गर्दा उठबस गर्न गाह्रो हुँदैन । हाडसम्बन्धी रोगहरू अनि बाथको रोग लाग्न पाउँदैनन् ।

मन शान्त – भुइँमा बसेर खाँदा दिमाग तनावरहित र शान्त अवस्थामा रहन्छ ।

मुटुलाई राम्रो – भुइँमा बसेर खाँदा शरीरमा राम्रो रक्तसञ्चार हुन्छ । कुर्सीमा बसेर खाँदा यसो हुन पाउँदैन । रक्तसञ्चार सुचारु भयो भने मुटुमा रोग लाग्न पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *