शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौं, भदौ ३० । सरकारले दसैँ, तिहार र छठमा उपभोक्तालाई राहत दिन काठमाडौं उपत्यकाका ११ र अरु २५ जिल्लाका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङले आउँदो शनिबारदेखि नुन, चिनी र चामलमा सहुलियत दिनेछन् । बुधबारको मन्त्रिपरिषद्को निर्णय अनुसार पहाडी जिल्लामा नुन प्रतिकिलो ९ रुपैयाँमा नै उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो १० र चिनीमा पाँच रुपैयाँ छुट दिइने छ ।

अरु जिल्लामा भने चिनी र चामलमा पाँच रुपैयाँ र नुनमा दुई रुपैयाँ छुट दिने निर्णय भएको छ । छुट खुद्रा पसलमा पनि लागू हुन्छ । सरकारले तोके अनुसार खुद्रा पसलमा छुट नपाए उपभोक्ताले प्रहरीमा खबर गर्न सक्ने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *