लुलियासँग बस्न घर छाड्दै सलमान

भदौ ३० । सलमान खानले आफू बस्दै आइरहेको मुम्बईको ग्यालेक्सी अपार्टमेन्टको घर छाड्ने भएका छन्। ग्यालेक्सी अपार्टमेन्टमा सलमान आफ्ना बाबु सिम र दुई आमाहरू हेलेन तथा सलमा खानसँग बस्दै आएका छन्।

सलमान अब आफ्नो परिवारसँग लिङ्किङ रोडको नयाँ घरमा सर्ने भएका छन्। फिल्म फेयर पत्रिकाका अनुसार नयाँ घरको काम सक्किने बित्तिकै त्यहाँ सर्नेछन्। सलमानले ग्यालेक्सी अपार्टमेन्टको घर भने बिक्री गर्ने छैनन्।

नयाँ घरमा सलमानको परिवारसँगै उनकी गर्ल्फ्रेण्ड भनिएकी लुलिया भान्तुर पनि बस्ने जनाइएको छ। लुलिया पनि बस्ने भएकाले सलमान नयाँ घरमा सर्न लागेको चर्चा बलिउडमा छ यतिबेला।

luliya-salman

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.