भाकपा (मार्क्सवादी)बाट प्रधानमन्त्री प्रचण्डलाइ मोटो रकम हस्तान्तरण गर्नुको कारण ……

काठमाडौं, भदौ ३० । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भाकपा माक्र्सवादीका नेताहरुसँग भेट भएको छ ।

भेटका अवसरमा द्विपक्षीय सम्बन्धका अतिरिक्त नेपालको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

सोही अवसरमा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पपीडितका लागि संकलन गरेको ८ लाख नेपाली रुपैयाँ हस्तान्तरण गरेको छ ।
उक्त रकम पार्टीले नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्न संकलन गरेको थियो ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेपाली जनताको पीडामा भाकपा(मा)का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो ।

यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.