सस्तोमा सामान बिक्री गरे पनि साल्ट ट्रेडिङ नाफामा

नेपालमा नुन बिक्रीको एकछत्र कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले स्थापनाको ५३ वर्ष पूरा गरेको छ । नेपालमा नुन आपूर्ति गर्ने एकाधिकारसहित वि. सं. २०२० भदौ २७ मा स्थापना भएको कर्पोरेसनले समयक्रमसँगै अहिले आयोनुनमा आयोडिन मिसाएर बिक्री गरिरहेको छ ।

Image result for साल्ट ट्रेडिङ

अनियन्त्रित मूल्यवृद्धि रोक्न सहयोग

स्वाद र स्वास्थ्य दुवैलाई चासो दिएर स्थापनाको उद्देश्य र दायित्व दुवैमा सफल भएको बताउँछन्, कर्पोरेसनका कर्मचारी । उनीहरू भन्छन्, ‘देशमा अनियन्त्रित रूपमा भइरहेको नुन कारोबारमा पटक–पटक कृत्रिम अभाव हुने, अवाञ्छित रूपमा पटक–पटक मूल्य वृद्धि गरिने, गुणस्तरहीन नुनसमेत बिक्री हुने अवस्था नियन्त्रण गर्न सरकारले निजी क्षेत्रलाई पनि समेटेर साल्ट ट्रेडिङको स्थापना गरेपछि सफल भएका छौँ ।’

सेयर पुँजी

२५ करोड रुपैयाँ चुक्ता पुँजीसहित स्थापना गरिएको साल्ट ट्रेडिङमा तत्कालीन श्री ५ को सरकारले ११ करोड ६८ लाख, नेसनल ट्रेडिङ लिमिटेडले नौ करोड ७३ लाख र सर्वसाधारणबाट सेयरका रूपमा आठ करोड ५९ लाख रुपैयाँ लगानी गरिएको थियो । अहिले पनि भारतमा प्रतिकिलो भारु १५ देखि १७ सम्ममा बिक्री हुने गरेको नुन नेपालमा प्रतिकिलो १८ रुपैयाँँमा बिक्री गरेर पनि नाफा कमाउन सकिएको दाबी गर्छन्, कर्पोरेसनका कर्मचारी । ६ महिने माग धान्ने नुन मौज्दात राख्नुपर्ने भएकाले अहिले पनि १ अर्ब रुपैयाँँभन्दा बढीको नुन मौज्दात रहेको उनीहरूको भनाइ छ ।

आव ०७२/७३ मा नुन बिक्री १ लाख ८० हजार १ सय ४६ मेट्रिकटन

आव ०७२/७३ मा मात्र कर्पोरेसनले १ लाख ८० हजार १ सय ४६ मेट्रिकटन नुन बिक्री गरेको छ । त्यस्तै ८५ हजार मेट्रिकटन रासायनिक मल आयात गरी मुलुकभरमा बिक्री गरिएको कर्पोरेसनका कर्मचारी बताउँछन् । उनीहरूको भनाइ छ, ‘रासायनिक मल आयात गरी बिक्री सुरु गरेपछि पहिलेकोजस्तो मलको अभाव र हाहाकारका समाचार सुन्नुपरेको छैन ।’ व्यापारमा इमानदारी हुनुपर्ने विषयलाई ध्यान दिँदै व्यापारीले इष्टदेवता मानिने भीमसेनको हतियार गदालाई साल्ट ट्रेडिङ कर्पोरेसनको लोगोमा राखिएको र ‘सत्यमेव परम् धनम्’ अर्थात् इमानदारी नै सबैभन्दा ठूलो धन हो भन्ने वाक्य राखिएको एक मात्र जीवित सञ्चालक तथा हालका अध्यक्ष लक्ष्मीदास मानन्धर बताउँछन् । स्थापनाको ५३ वर्ष पुगेको अवसरमा मानन्धरले भने, ‘उच्च गुणस्तर, उचित मूल्य तथा मुलुकभर सरल र सुलभ रूपमा आपूर्ति व्यवस्था गर्ने एवं जनस्वास्थ्यलाई प्रतिकूल असर पार्ने वस्तुको कारोबार नगर्ने साल्ट ट्रेडिङ कर्पोरेसनको विशेषता एवं प्रतिबद्धता हो । त्यो पूरा गर्न सकेकाले नै हामी सफल भएका हौँ ।’

दक्षिण–पूर्वी एसियामा आयोडिनयुक्त नुन प्रयोग गर्नेमा नेपाल पहिलो

भारतमा भन्दा गुणस्तरीय नुन नेपालीले खान पाइरहेको साल्ट ट्रेडिङको दाबी छ । भारतमा नुनमा ३० पिपिएम आयोडिन मिसाइएको, तर नेपालमा ५० पिपिएम मिसाइएकाले त्यहाँ पाइने नुनभन्दा गुणस्तरीय हुने साल्ट ट्रेडिङको भनाइ छ । विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्छन्, ‘विश्वका १ सय ३० मुलुकमा आयोडिनयुक्त नुन बिक्री–वितरण हुन्छ । त्योभन्दा  पनि कति धेरै जनसंख्याले आयोडिनयुक्त नुन प्रयोग गर्छन् भन्ने कुरा हो । नेपालमा ९० प्रतिशत मानिसले आयोडिनयुक्त नुन प्रयोग गर्छन्, जुन दक्षिण–पूर्वी एसियामै सबैभन्दा बढी हो ।’

शाखा सञ्जाल

कर्पोरेसनले मुलुकका ७३ जिल्लामा ९३ वटा शाखा, प्रशाखा एवं सम्पर्क कार्यालय खोलेर सेवा विस्तार गरेको जनाएको छ । अत्यावश्यक वस्तुको आपूर्ति गर्न सबैभन्दा राम्रो सञ्जाल, जनशक्ति एवं अनुभव रहेका कारण  आप्mनो उद्देश्यमा सफल हुँदै गएको कर्पोरेसन परिवारको दाबी छ । कर्पोरेसनसँग विभिन्न स्थानमा गरी एक सय ७८ हजार मेट्रिक टन क्षमताको भण्डारगृह एवं अत्याधुनिक प्रयोगशाला छन् । कर्पोरेसनले डिलरमार्फत मात्र नभई काठमाडौं तथा उपत्यकाबाहिर चेनसप रोखर प्रत्यक्ष कारोबार पनि गर्दै आएको छ । चाडबाडलाई ध्यानमा राखी दसैँ, तिहार, छठजस्ता पर्वमा सुपथ मूल्यका पसल व्यवस्था तथा भ्यानमा सामान राखेर चोक–चोकमा प्रत्यक्ष बिक्रीसमेत गर्दै आएको छ ।

अन्य कारोबार

कर्पोरेसनले नुनलाई मुख्य प्राथमिकतामा राखे पनि सर्वसाधारणलाई सुविधा हुने गरी खाद्य पदार्थको कारोबार पनि गरिरहेको अध्यक्ष मानन्धरको भनाइ छ । खाद्यवस्तुमा साल्ट ट्रेडिङले नुन, तेल, चिनी, मैदा, पिठो, सुजी, चामल, दाललगायतका सामान बिक्री गर्छ । त्यस्तै रासायनिक मल तथा बिउबिजन, खाना पकाउने ग्यास, पाइप, रेगुलेटरजस्ता सामान पनि बिक्री गर्दै आएको छ । नुनमा आयोडिन मिलाउने मात्र होइन, मैदा र पिठोमा आइरनसमेत मिश्रण गरेर बिक्री गर्दै आएको संस्थाका कर्मचारीको भनाइ छ । कर्पोरेसनले न्युजप्रिन्टलगायत अन्य प्रकारका कागज पनि बिक्री गर्दै आएको छ । नयाँ पत्रिकामा समाचार छ । कर्पोरेसनले आफ्नै उद्योग स्थापना गरेको खण्डमा उत्पादित वस्तुको गुणस्तर एवं मूल्यप्रति यकिन गर्न सकिने, उपभोक्तालाई वर्षभरि गुणस्तरीय खाद्यान्न उचित मूल्यमा आपूर्ति गर्न सकिन्छ भन्ने विश्वाससहित अग्रणी खाद्य उद्योगका रूपमा प्रथम खाद्य उद्योग सन् १९७२, प्रथम घिउ उद्योग सन् १९७६ आदि स्थापना गरेको अध्यक्ष मानन्धरले बताए । नयाँ पत्रिकामा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.