बार्सिलोना फेरि जीतको मार्गमा, लेगानेसलाई ५-१ ले हरायो

काठमाडौं, २ असोज — अघिल्लो हप्ता आलाभेससँग अप्रत्याशित हार बेहोरेको बार्सिलोनाले ला लिगामा फेरि जीतको बाटो पक्रँदै नवप्रवेशी लेगानेसलाई ५-१ ले हराएको छ ।

निवार भएको खेलमा बार्सिलोनाका स्टार खेलाडीहरू लियोनेल मेस्सी, लुई सुआरेज र नेयमारले लगातार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ५५औं मिनेटमा पेनाल्टीमार्फत पुनः गोल गरे भने रफिन्हाले ६४औं मिनेटमा गोल गरे ।

लेगानेसका लागि अप्पेल्ट पिरेसले ८०औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गरेपनि त्यो सान्त्वना मात्र ठहरियो । यो जीतसँगै बार्सिलोना अंकतालिकामा रियल मड्रिडसँगै शीर्ष स्थानमा रहेको छ ।

हिजै भएका अन्य खेलमा एथलेटिको मड्रिडले स्पोर्टिङ गिजोनलाई ५-० ले पछा-यो भने आइबार र सेभिलाबीचको खेल एक-एकको बराबरीमा टुंगियो । त्यस्तै लास पाल्मासले मालागालाई १-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *