कालो बादल अगाडी उदाउने आश —

दिपेन्द्र बिष्ट ‘रोनी’

हे.अ

जिल्ला अस्पताल बझाङ –

मान्छे जन्मिन्छ, जन्मनेक्रममा सहयोग पनि मान्छे कै चाहिन्छ किनकी जन्मिने बेला शरीरका कुनै पनि अंग उसको नियन्त्रणमा हुँदैनन् । तपाई हामी पनि त्यो परिवेश पार गरेका आएका हौं । बच्चा बिस्तारै ठूलो हुन्छ । उ आमालाई चिन्न थाल्छ, बुवालाई चिन्न थाल्छ । बिस्तारै साथी भाई तथा आफन्तहरुलाई पनि चिन्न थाल्छ । ब्यक्ति त्यतिबेलासम्म उसलाई कुनै कुराको मतलब हुँदैन जबसम्म उसमा चेतना आएको हुँदैन । बिस्तारै उस्मा चेतनाको आवाज वा लहर बढ्दै जान्छ । त्यसपछि उ प्रतिस्पर्धामा उत्रिन्छ । मान्छे बाँच्नका लागि जन्मिदैन बरु मान्छे प्रतिस्पर्धाका लागि जन्मन्छ । मान्छे बाँच्नकै लागि जन्मन्थ्यो भने मर्नु किन पर्दथ्यो ।

आँखिर मान्छे त मरेर जान्छ । एकचोटी जन्मिसके पछि मर्नै पर्ने जीवनलीला हाम्रा सामु छ । हामी जति बाँच्दछौं त्यो बीचमा प्रतिस्पर्धा गरी रहेका हुन्छौं । चाहे त्यो जीवन निर्वाहको सवालमा होस्, चाहे त्यो राजनीति गर्ने सवालमा होस्, चाहे जानी नजानी गुण्डा गर्दी गर्ने सवालमा होस्, चाहे आफू बाँचुन्जेलसम्म संसार चिनाउने सवालमा होस् हामी प्रतिस्पर्धामै हुन्छौं । त्यसैले मेरो तर्क छ, मानिस प्रतिस्पर्धाका लागि बाँच्छ । मर्नु भनेको त हाम्रा लागि समान पुरुस्कार न हो ।

यही प्रतिस्पर्धा गर्ने सवालमा हाम्रा अगाडी आ–आफ्नै किसिमका अप्ठ्याराहरु छन् जस्लाई मैले कालो वादलको संज्ञा दिएको छु । त्यो कालो बादल गरिबको अगाडी पनि छ, धनीको अगाडी पनि छ । गरिबलाई बिहान र बेलुकी छाक टार्नै मुस्किल छ छाक टार्नकै लागि उस्ले दिनमा २० घण्टा काम गर्नु पर्दछ । यत्रो मेहनेतमा पनि उस्लाई मुस्किलले खाना पुग्दछ । त्यो गरिबको प्रतिस्पर्धी फेरी छाक टार्न मुस्किल पर्नेहरु नै हुन्छन् । काम गर्नेहरुलाई समय नै हुँदैन कि बाहिरको संसारको रंगमञ्च कसरी अगाडी बढ्छ ।

केबल उ प्रतिस्पर्धामा हुन्छ कि अरु छाक टार्नेहरु भन्दा कसरी अगाडी पुग्न सकिन्छ । गरिबहरु सिमित साधन र असिमित आवश्यताहरुकै चटारोमा पिरोलिएका हुन्छन् । यहाँ धनीहरुलाई पनि अझै पुगिरहेको हुँदैन । यहाँ भविष्यमा मर्छु भन्ने चिन्ता कसैलाई पनि छैन । किनकि यो त धनी र गरिबहरु दुबैलाई प्राप्त हुने पुरुस्कार हो मृत्यु । चिन्ता त केवल त्यसमा छ कि अरु भन्दा एक पाईला भए पनि अगाडी आउनु छ । अरुलाई देखाउनु छ ।

ब्यक्ति ब्यक्ति बीचको प्रतिस्पर्धा होस् कि परिवार परिवार बीचको प्रतिस्पर्धा होस् वा देशहरु बीचको प्रतिस्पर्धा होस् अथवा देश भित्रका राजनीतिक नेताहरुको प्रतिस्पर्धा होस्, प्रत्येक मानिस आफूलाई दुई सेकेन्ड भए पनि अगाडी भएको हेर्न चाहान्छन् । बीचमा आफू अनुकूल सहमति वा असहमतिहरु आफू अनुकुल नै निर्माण हुन्छन् । त्यसैको कारण मानिस चलायमान भएको छ । एक ठाऊँ छोडेर अर्को ठाऊँ गएको छ । एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरेको छ । एक काम छोडेर अर्को काममा प्रवेश गरेको छ किनकि उस्लाई देखाउनु छ किनकि उस्लाई अरु भन्दा फरक देखिनु छ र संसारलाई देखाउनु पनि छ ।

धेरै मान्छेहरुको बिचारले अरुलाई ठेस पु¥याउनु हुँदैन भन्ने खालको हुन्छ । त्यसमध्ये म पनि एक हुँ । अहिलेका राजनीतिक, सामाजिक परिवेशमा त्यस्ता मान्छेहरु पिल्सिएको मैले देखेको छु र अनुभव पनि गर्न थालेको छु । यसबाट एउटा प्रश्न चिन्ह खडा भएको छ कि सकारात्मक प्रतिस्पर्धा गर्न गलत तरिकाले परिवर्तन हुन जरुरी छ ? छैन भने हामी अगाडी प्रतिस्पर्धामा आउन कै लागि अरुको हत्या किन गर्र्छौ ? यहाँ हत्या भनेको गोलो ठोक्नु वा मारकाट गर्नु मात्रै होइन ।

यस्को अर्थ अर्काको रोजीरोटी खोस्नु, अरुको आत्मालाई चोट पु¥याई तल झार्नु पनि हो । अरुलाई कुनै पनि हानी नोक्सानी नपु¥याए पनि अगाडी बढेका थुप्रै उदाहरणहरु पनि होलान् । यस्ताखाले प्रबृत्तिले अरुलाई ठेस पु¥याउन नखोज्ने र सहि प्रतिस्पर्धा गर्ने ब्यक्तिहरुको अगाडी झन ठूलो वादलको घेरा आई परेको छ । यस्ताखाले क्रियाकलापहरुले हामी सबैको मनोवल गिरेको छ ।

यसको परिणाम पनि गलत नै हुनेछ । मेरो सबैलाई आग्रह छ कि गलत प्रतिस्पर्धा नगरौं । एक अर्कालाई सम्मान गर्न सिकौं । आफ्नो कामको सम्मान गर्न सिकौं । अझै पनि यो देशमा यस्ता मान्छेहरु छन् जस्मा कालो वादल अगाडी उदाउने आश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *