बजेटको मुख्य चुनौती सार्वजनिक खर्च ब्यबस्थान

मुक्ति बहादुर खत्री
त्रिचन्द्र क्याम्पस,घण्टाघर काठमाडौं –

नेपालमा सामान्यतया बजेट ब्यवस्थित र योजनाबद्ध ढंगले खर्च गर्ने भन्दा पनि कनिका छरेझै छर्ने प्रवृति मौलाउदै गइरहेको देखिन्छ । सार्वजनिक स्रोत संकलन, विनियोजन र खर्च ब्यबस्थापन गर्नु पर्दा सरोकारवाला सार्वजनिक निकायहरूले कानुनको पालना, आर्थिक नियमितता तथा अनुशासन, सार्वजनिक उत्तरदायित्व तथा जवाफदेहिता र पारदर्शिता तथा सुशासनको मुल्य मान्यता अनुसार गर्नु पर्दछ ।
तसर्थ चुस्त र सुदृढ सार्वजनिक खर्च ब्यबस्थापन कुनै पनि लोक कल्याणकारी राज्य ब्यबस्थाको मुख्य आधार स्तम्भ मानिन्छ । त्यसैगरी दिगो विकास हासिल गर्न तथा सुशासन कायम गर्न, सामाजिक न्याय प्रदान गर्न तथा असमानता र गरिवी कम गर्न, वेरोजगारी कम गर्न तथा उच्च आर्थिक वृद्धि हासिल गर्न यसको महत्वपुर्ण भूमिका हुनेगर्दछ ।
आ.व. २०७२÷७३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष आर्थिक वृद्धि ०.७७ प्रतिशत मात्र हुने अनुमान छ भने पूँजीगत खर्च १०.१८ प्रतिशत हुने तथा साधरण वा चालु खर्च ७३.८७ प्रतिशत हुने, खुद सार्वजनिक ऋण रु ५ खर्व ४४ अर्व ९१ करोड र मुद्रास्फिति १०.२ प्रतिशत हुने अनुमान गरिएको छ ।

यसरी अर्थतन्त्रमा देखिएका प्रमुख चुनौतीहरूलाई समाधान गर्न र सार्वजनिक खर्च ब्यबस्थान गर्न निम्नानुसारका उपायहरू अपनाउनु पर्ने देखिन्छ ।

क) भूकम्पबाट हुन गएको भौतिक संरचनाको क्षतिबाट अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्न पुन. निर्माण एवं मुलुकको नव निर्माणलाई उच्च प्राथमिकतामा राखी आन्तरिक एवं बाहय लगानीको उचित परिचालन गर्नु पर्ने देखिन्छ ।
ख) कृषिको उत्पादन तथा उत्पादकत्व वृद्दि गर्न आवश्यक प्रविधि, पूर्वाधार तथा उपकरणहरू, दक्ष जनशतिm, उन्नत वीउ र अर्गानिक मल, कृषि प्रसार, उत्पादनको बजारीकरण एवं गुणस्तर कायम गर्नु र सिंचाईका लागि पर्याप्त साधन स्रोतको व्यवस्था मिलाई कृषिको आधुनिकरण र व्यवसायिककरण गर्नु पर्ने देखिन्छ ।
ग) आन्तरिक तथा विदेशी पूजीँलाई परिचालन गरी सरकारी, निजी तथा सहकारी क्षेत्रको सक्रियतामा स्थानिय श्रोत र साधनमा आधारित उत्पादनशील उद्योग, पूर्वाधार निर्माण एवं औद्योगिकरणको प्रक्रियालाई तीव्रता दिने कार्य गर्नु पर्ने देखिन्छ ।
घ) देशमा बढ्दो उर्जा संकटलाई अन्त्य गर्न सरकारी तथा निजी क्षेत्रको सक्रिय सहभागिता एवं सामmेदारीमा विद्युत परियोजनाहरू निर्माण गर्न र विद्युत खरिद सम्मmौता, जग्गा अधिग्रहण, स्थानीय अवरोध,श्रम सम्बन्ध, पूर्वाधार विकास आदिसंग देखिएका समस्याहरुलाई सम्वोधन गर्ने कार्य प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा गर्नु पर्ने देखिन्छ ।

 

ङ) भौगोलिक, धार्मिक एवं सांकृतिक विविधताको समुचित उपयोग गरी पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना, आय आर्जन तथा वैदेशिक मुद्रा आर्जनको दीगो स्रोतको रुपमा विकास गर्न भौतिक तथा संस्थागत संरचनाको सुदृढिकरणका साथै छिमेकी मुलुकका पर्यटकहरूलाई आकर्षण गर्ने कार्य गर्नु पर्ने देखिन्छ ।
च) खर्चको प्राथमिकीकरण गरी उत्पादनशील एवं पूँजीगत खर्च गर्ने क्षमता वृद्दि गर्ने, वित्तीय अनुशासन तथा पारदर्शिता कायम गर्ने र खर्चको अनुगमन तथा मूल्यांकनमा प्रभावकारिता ल्याई सार्र्वजनिक खर्च व्यवस्थापनलाई उपलब्धिमुलक बनाउने कार्य गर्नु पर्ने देखिन्छ । यसलाई उत्पादनसँग जोडेर राम्रो गर्र्र्नेलाई पुरुस्कार र काम नगर्नेलाई दण्डको ब्यबस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन पर्दछ ।
छ) सार्वजनिक ऋणको प्रभावकारी व्यवस्थापनको लागि संस्थागत संरचना, क्षमता अभिवृद्दि एवं नीतिगत तथा कानुनी व्यवस्था गर्ने, आन्तरिक ऋणको सीमालाई कुल ग्राहस्थ उत्पादनको बान्छित सीमामा सीमित राख्ने, यस्तो सबै ऋणलाई पुँजी निर्माण हुने क्षेत्रमा लगानी गरी भावी दिनमा राष्ट्रिय उत्पादनमा सघाउ पुग्ने गरी प्रयोग गर्ने कार्य गर्नु पर्ने देखिन्छ ।
ज) स्वदेशी बजारको आवश्यकतानुसार सीपमुलक तालिमहरू प्रदान गर्ने व्यवस्था मिलाई आन्तरिक रोजगारी बढाउने, बाहय रोजगारीमा जानेहरूलाई दक्ष कामदारको रुपमा पठाउने र त्यहाँबाट प्राप्त हुने विप्रेषण आयलाई पुँजीमा रुपान्तरण गरी उत्पादनमुलक क्षेत्रमा सदुपयोग गर्ने एवं विदेशबाट सीप सिकेर आएको जनशक्तिलाई स्वदेशमा नै स्वरोजगार वन्न उत्प्रेरित गर्ने कार्य गर्नु पर्ने देखिन्छ ।
झ) अवैध निकासी पैठारी, विदेशी मुद्राको अवैध कारोवार, हुन्डी कारोवार र गैरकानुनी रुपमा हुने वित्तीय कारोवारलाई नियन्त्रण गरी अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको क्षेत्रमा ल्याउने कार्य गर्नु पर्ने देखिन्छ ।
ञ) वित्तीय स्थायित्व कायम गर्ने, वित्तीय पहँुच बढाउने र वित्तीय क्षेत्रको विकास एवं बिस्तारबाट उच्च, फराकिलो तथा दिगो र्आिर्थक वृद्दि हासिल गर्नु पर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.