सडकमा पढ्दै गरेकी बालीका !

भारत,उत्तरप्रदेश असोज ५ ।
लगनशील हुनका लागि कुनै स्थान, समय, सुविधा चाहिँदैन भन्ने उदाहरण भारतकी एक बालिकाले देखाएकी छिन् । भारतको उत्तरप्रदेशमा पर्ने बुन्देलखण्डको उराईकी ६ बर्षकी दिब्या नाम गरेकी एक बालिका सधै रेलवे स्टेसनको खुला सडकमा आएर आफ्नो होमवर्क गर्ने गर्दछिन् ।

स्टेसनको नजिक रहेको घर छ तर बत्ति नभएकै कारण उनी सडक बत्तिमा पढ्ने गरेकी छिन् । कहिलेकही पढ्नकै लागि उनकी बहिनी पनि उनी आउने गरेकी छिन् । उनीहरु आफ्नो होमवर्क सिध्याएर घर तिर लाग्ने गर्छिन् ।

भारतमा सडकमा बच्चा देखिए भने भीख माग्ने बालबालबालिकाहरु भन्ने गर्दछन् । तर त्यस्ता बालबालिकाहरु पनि छन् जो आफ्नो बिवसतामा सडकलाई रोज्ने गर्दछन् । फायरकि डटकममा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *