डडेल्धुरा र पाटनका दुई नेपालीको अस्ट्रेलियाको निर्वाचनमा उम्मेदवारी

काठमाडौं,६ असोज । अष्ट्रेलियाको भिक्टारिया राज्यमा अक्टोबरमा हुन लागेको स्थानीय निर्वाचनमा दुईजना नेपालीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

भिक्टोरिया राज्यमा चार वर्षका लागि यही अक्टोबर २२ तारिखमा निर्वाचन हृुदैछ ।  मेलबर्नका डा. महेश भण्डारीले विन्घाम काउन्सिलमा काउन्सिलरको पदमा उम्मेदवारी दिएका हुन् भने मोरिल्याण्ड काउन्सिलको काउन्सिलरमा राजु शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुको उम्मेदवारी अष्ट्रेलियाको राजनीतिमा पहिलोपटक नेपालीको औपचारिक प्रवेश हो । करिब ५० बर्ष लामो नेपालीको इतिहास भए पनि अहिलेसम्म नेपालीले यहाँको कुनै पनि राजनीतिक पदमा उम्मेदवारी दिएका थिएनन् ।

गत मंगलबार उम्मेदवारी दर्ता गराएका डा. महेश भण्डारीले भने । स्थानीय तहमा विपक्षी दल लेबरको तर्फबाट राजनीति गर्दै आएका भण्डारीले काउन्सिलर पदमा जीत हासिल गर्नु आफ्नो मात्र नभएर नेपाल र नेपालीको जीत हुने दाबी गरे ।

‘काउन्सिलरमा जीत हासिल भयो भने यसले यसले नेपाल र अष्ट्रेलियाबीचको राजनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुऱ्याउनेछ ।’ राजु शाक्य
दुवै उम्मेदवारले काउन्सिलर पदमा आफ्नो जीत भएमा आफ्नो तहबाट नेपाल र अष्ट्रेलियाबीचको कुटनीतिक र राजनीतिक सम्बन्ध सुधारमा लागिपर्ने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *