त्रिभुवन विश्वविद्यालयमा अखिल( क्रान्तिकारि)को उपस्थिति बलियो छ – ढकाल

राप्ती अंञ्चल,सल्यान जिल्ला कोटमौला गा.वि.स ,गैरा गाँउमा जन्मनुभएका गेहेन्द्र ढकाल २०६३ पौष देखि सक्रिय राजनीतिमा होमिनुभएको थियो । २०६० साल देखि बर्दियाको गुलरिया  ध्रुव मा. बि मा अध्यापन  गराउनुभएको थियो भने दुई पटक राष्ट्रिय फुटबल खेलकुदमा समाबेस भएका ढकालले सितोरियो कराते तर्फ ब्ल्याक बेल्ट् उपाधि प्राप्त गर्नु भएको थियो । ढकाल सक्रिय राजनीतिमा होमिनुभन्दा पहिले नेकपा माआवादी गणतान्त्रिक खेलकुद मंचमा आबद्ध हुनुभएको थियो । छटौं डिभिजनमा खेलकुदको जिम्मेवारीबाट आफ्नो राजनीतिक यात्रामा सुरु गरेका ढकाल त्रि.वि संयोजक, केन्द्रिय सदस्य हुदै पुनः त्रि.वि इन्चार्ज हुनुभएका गेहेन्द्र ढकाल सँग बर्तमान विद्यार्थी आन्दोलनका समस्या,आन्दोलन र स्वयं विद्यार्थीको भुमिकामा केन्द्रित रहि टपलाईन खबरका लागि हाम्रा साथि प्रदिप भट्टले गरेको कुराकानीः

विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभयो, परिवर्तित सन्द्रर्भमा विद्यार्थी संगठनको भुमिकालाई कसरि परिभाषित गनुहुन्छ ?

नेपालको ईतिहासमा सबै खाले राजनीतिक परिवर्तन विद्यार्थी संगठनको नेतृत्वमा भएको हो । तर पछिल्लो समय २०४६ साल पछि विद्यार्थी संगठनमा जो राप र ताप हुनुपथ्र्यो त्यो देखिएको छैन । थुप्रै बिकृतिहरु भित्रिएका छन । बिकृतिहरुलाई चिर्दै जानु पर्दछ । विद्यार्थी आन्दोलन देशलाई परिवर्तन गर्ने, सचेतना गाँउ–गाँउमा बाढ्ने संगठनका रुपमा बुझ्नु पर्छ । बैज्ञानिक युगमा समय अनुुसार रुपान्तरण हुनुपर्दछ । हामी रुपान्तरण भएका छौं र विज्ञानलाई पनि अंगिकार गरिरहेका छौं ।

अखिल क्रान्तिकारीले जनवादी शिक्षाको उद्देश्य बिर्सियो भन्ने आरोप लगाउनेलाई के भन्नु हुन्छ ?

पहिले त जनवादी शिक्षा के हो ? त्यसको बारेमा बुझ्न जरुरी हुन्छ । सामान्य तः जुन शिक्षा हामीले आर्जन गरिरहेका छौ,त्यो आर्जन पश्चात व्यवसायीक बन्ने आर्थीक उपार्जनमा जोडिने शिक्षा प्रणालिनै भनेको हो । जनवादी शिक्षालाई बुझ्नै नसकिने तरिकाले ब्याख्या गर्छन । त्यसो होईन । हामी भनको जीवन व्यवहारमा जाने बुझेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्नु पाउनु पर्छ त्यो नै जनवादी शिक्षा हो । जनवादी शिक्षा हामीले छोडेका छैनौं । राजनीतिक परिवर्तन सँगै नेपालमा न साम्यवाद आईसकेको छ न सामन्तवाद समाप्त भईसकेको छ । यो बिचमा पूँजिवादी युग सरु भएको छ । तर पनि पूँजिवादको उत्कर्षका विकास भएको छैन । यस्तो संक्रमणकालिन अवस्थामा निजि क्षेत्रलाई निषेध गरेर अगागि बढ्न सकिदैन । माओले सन १९४९ मा चिनमा क्रान्ति गर्दा निजि क्षेत्रसँग सहकार्य गरेर मात्र अगाडि बढ्न सकिन्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्नुभयो । उनले निजि क्षेत्रसँग सहकार्य गरेर १९५६ मा सामाजवादी क्रान्ति सम्पन्न गर्नु भएको थियो । हामी अहिले बिचको फेजमा छौ । यस्तो अवस्थामा निजि क्षेत्रलाई नियमन गर्ने,राज्यबाट नियन्त्रण गर्ने र सामाजवादी उन्मुख शिक्षा नीति लागु गराउनु सबै विद्यार्थीहरुलाई व्यवसायीक र व्यवहारिक शिक्षा आर्जन गराउने तर्फ नै ध्यान दिन जस्तो लाग्छ ।

बेलाबखतमा निजि कलेजहरु बन्द गर्नु पर्छ भन्ने चर्का चर्र्का नारा लगाउनु हुन्छ । होडिङ्गबोर्डहरु निकाल्नु हुन्छ । निजि कलेजहरु मै माओवादी नेताहरुका छोरा छोरीहरु प्ढ्रिहेका छन्,तपाई कसरि खण्डन गर्नु हुन्छ ?

नेपालमा निजि शिक्षाको विरोध हाम्रो संगठनले गर्दै आएको छ । गरिब जनताका छोरा छोरीको ढाड सक्ने गरि मनोमानि पैसा उठाउने कार्यको भण्डाफोड गर्दै आएका छौं । अहिले शिक्षा ऐन शसोधन भएको छ । आठौं शसोधनले निजि कलेजहरु खोल्न बन्देज लगाएको छ । यो विद्यार्थी संगठनको ठुलो जित हो । नेपालमा अब देखि निजि शिक्षाका रुपमा र्बाेडिङ स्कुलहरु दत्र्ता हुने छैन्न । अहिले चलि राखेकाहरुलाई नियमन,नियन्त्रण गर्ने दिशातिरनै शिक्षा ऐन अगाडि बढ्दैछ । यो सँग सँगै सरकारी स्कुलहरुको स्तर उन्नतिका निम्ति ध्यान दिनु पर्छ । नेता, नेपाल सरकारका कर्मचारीहरुका छोरा छोरीलाई हामीले सरकारी स्कुलमा भर्ना गराउन विभिन्न किसममा कार्यक्रम योजनाहरु बनाउनु पर्छ । अबको हाम्रो गन्तब्य भनेको पार्टीका नेता कार्यकर्ताका छोरा छोरीहरुलाई सरकारी स्कुलमा भर्ना गराउने अभियानमा हामी जोड दिने छौं । यसमा संगठनले बिशेष ध्यान दिने छ।

तपाई त्रि.विको जिम्मेवारीमा कहिले देखि आउनु भयो ?

त्रिभुवन विश्वविद्यालमा मेरो प्रवेश २०६४ सालमा भएको हो । ०६४ देखिने निरन्तर रुपमा विद्यार्थी संगठनमा काम गरि राखेको छु ।

तपाईले थुप्रै भुमिका र जिम्मेवारी निभाउनुभयो ? के उपलब्धी हासिल गर्नुभयो ?

त्रि.विको प्रमुख जिम्मेवारीमा म २०७२ सालमा आएँको हुँ । त्यस भन्दा अगाडि संगठनका नीति भित्र बसेर साँगठानिक कृयाकलापमा सरिक हुन्थे । ०७२ को महाभूकम्प पछि पार्टीले जनताको सेवा गर्नकालागि विश्वविद्यालयको नेतृत्व गर्दै दोलखा, नुवाकोट लगायत थुप्रै जिल्लाहरुमा गई जनताका टहराहरु निमर्ण गर्ने, विद्यालयहरु निमार्ण गर्ने अभियानमा हामी जोडियौं । लगत्तै त्रि.विको जिम्मेवारी आएपछि भारतीय नाका बन्दीले नेपाली जनताको चुलो–चौकोमा आगो नबल्ने स्तीथि पैदा भयो,त्रि.विमा पढ्ने विद्यार्थीहरुको हालत झनै दयनिय बन्दै गयो । जसलाई मध्यनजर गरेर हामीले एउटा कार्यक्रम आयोजना ग¥यौं । बजारमा खाद्यान्नको चरम अभावको बेला ३० रुपयाँ प्रति छाक विद्यार्थीलाई खाना खुवाएर त्रि.वि बाट राष्ट्रियताको सन्देश आम नेपालीलाई दियौं जो मेरै नेतृत्वमा भएको थियो । पुनः पनि मलाई इन्चार्ज को जिम्मेवारी दिएको छ जस्लाई म ईमान्दारीका साथ निभाउने छु ।

1013303_938505379567988_2663865633152869000_n

सेमेस्टर प्रणालि माथि राजनीति गर्दै हुनुहुन्छ । यो विद्यार्थीको भविश्य माथि खेलवाड हैन र ?

मलाई त्यसो लाग्दैन । बार्षिक प्रणालिको भन्दा थप सेमेस्टर प्रणालिलाई परिणाम मुखि बनाउन हाम्रो संगठनले त्रिभुवन विश्वविद्यालयको कदमलाई सहयोग ग¥यौं । जसको परिणाम अहिले त्रि.विमा सेमेस्टर प्रणालि चलिरहेको छ । राजनीतिक चेतना सबैमा हुन्छ । राजनीति बिना समाज चल्दै भन्ने कुरा पनि हामीले उत्तिकै बुझेका छौं । सेमेस्टर पढेपनि, बार्षिक प्रणालि पढेपनि, विद्यार्थी भए पनि नभए पनि समाजमा बस्ने जो सुकै ब्यक्तिको पनि राजनीतिक चेतना हुन्छ । त्यसकारण हामीले राजनीति गरे जस्तो लाग्दैन । जानेको बुझेको कुराहरु विद्यार्थीहरुलाई सिकाउने र हाम्रो आन्दोलनमा सँगै लैजाने जस्तो लाग्दछ ।

राजनीतिलाई शैक्षिम थलो भित्र छिराउनु हुन्न भन्ने जनमत धेरै छ के भन्नु हुन्छ ?

यो कुरा ठिक भन्नु भयो । शैक्षिक थलो भित्र राजनीति गर्नु हुदैन तर यो यस अर्थमा भन्न खोजिएको हो कि बिक्रित राजनीति गर्नु हुदैन । विश्वका कुनै पनि समाज राजनीति बेगर चल्न सक्दैन । हेरक क्षेत्रमा राजनीति चलिनै रहन्छ । फरक के हो भने बिक्रित राजनीति छिराउनु भएन । समाजलाई असर पर्ने खालमा गतिविधिहरु राजनीतिका नाममा गर्नु भएन । तर समाज प्रगतिशिल बनाउन प्रगतिशिल व्यक्ति उत्पादन गर्नका निम्ति शैक्षिक संस्थाहरुमा राजनीतिक चेतना भराउने उद्देश्यले हामी लागेका छौं । त्यसैले यसलाई राजनीति ग¥यौं भन्न मिल्दैन । बरु सचेत युवाहरुलाई राजनीति गर्नु पर्छ, सकारात्मक राजनीतिक बाटो अंगाल्नु पर्छ भनि सिकाउने, व्यवहारमा उर्तानु पर्छ । त्यसको नेतृत्व हामीले गर्नु पर्दछ ।

त्रि.वि विकासको योजना के छ तपाईसँग ?

चौंथो सेमेस्टर पढ्दै गरेका र नयाँ सेमेस्टरमा भर्ना भईरहेका विद्यार्थीहरुको विचमा एउटा वृहत सेमिनार संचालन गरिनेछ । जसबाट विद्यार्थीले के ग्रहण ग¥यो के गरेनन् र त्यसलाई कसरि समय सापेक्ष बनाउन सकिन्छन । कस्तो तरिकाले परिणाममुखि बनाउन सकिन्छ । यो पहिलो काम हुने छ भने केहि विभागहरुमा आधारभुत जनताका छोरा छोरीले पढ्न पाईराखेका छैनन्् । ति विभागहरुमा भर्नाको व्यवस्था मिलाईने छ । हेल्मेट टिचरहरुलाई निरुत्साहित गरिनेछ । गुणात्मक शिक्षाको पहलकदमि गरिनेछ ।

संगठनलाई राम्रोसँग चलाउन सक्नु हुन्न कुरा मात्रै ठुला–ठुला गर्ने काम फिटिक्कै नगर्ने आरोप छ नि ? कसरि खण्डन गर्नु हुन्छ ?

यो ईतिहासले र पार्टीले मुल्याङ्न गर्ने कुरा हो । त्रि.विको पहिलो सम्मेलन देखि निरन्तर रुपमा संगठनमा काम गर्ने क्याडरहरुमा म मात्रै छु । थुप्रै साथीहरु विदेश पलायन हुनुभयो । व्यक्तिगत पारिवारीक समस्याका कारण अरु सेक्टरमा जानुभयो । म निरन्तर विद्यार्थी आन्दोलनमै खटिराखेको छु । यो मेरो विद्यार्थी आन्दोलन प्रतिको मेरो लगाव हो ।

अन्त्यमा,

विजया दशमी तथा शुभ– दिपापली पावन अवसरमा मेरो र संगठनको तर्फबाट सम्पूर्ण सहयोद्धा लगायत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सफताको हार्दीक शुभकामना व्यक्त गर्दछु ।
(ढकाल माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको त्रिवि कमिटीका इन्चार्ज हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *