गोलीबाट बनेको कलमको हस्ताक्षरसँगै यसरी अन्त्य भयो कोलम्बियामा ५२ वर्ष लामो सशस्त्र युद्ध

_91389232_signing
कोलम्बिया – ५२ वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य गर्दै कोलम्बियाली सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौता भएको छ ।

विद्रोही नेता टिमोलिओन जिमिनेजले समारोहलाई सम्बोधन गर्दै द्वन्द्वपीडित सबैसँग माफी मागे । उनलाई सबैले तालीको गडगडाहटका साथ स्वागत गरेक ाथिए ।

‘म युद्धका दौरान भोग्नु परेको दुःखका लागि सबैसँग माफी माग्नु चाहन्छु,’ उनले भने ।

कार्टागेनामा आयोजना गरिएको समारोहमा शान्तिको सन्देश दिन सबैले सेतो रंगको पहिरन लगाएर उपस्थित भएका थिए ।

सशस्त्र युद्धका क्रममा २ लाख ६० हजार जनाले ज्यान गुएमा थिए भने ६० लाख बढी प्रभावित भएका थिए ।

राष्ट्रपति हुवान म्यानुअल सान्तोषले भने, ‘कोलम्बियाले उत्सव मनाउँदैछ, विश्वले उत्सव मनाउँदैछ किनभने अब विश्वमा एउटा युद्ध कम भएको छ । हामी कुनै पनि लक्ष्य भेट्याउने छौं, कुनै पनि चुनौती पार गर्नेछौं र हाम्रो देशलाई हामीले कल्पना गरेजस्तै बनाउने छौं ।’

सन् १९६४ मा सशस्त्र युद्ध शुरु गरेको फार्कका नेता जिमिनेजले आफ्नो पार्टीले अब सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण राजनीतिको बाटो अंगाल्ने बताए ।_91389227_thisonesigning-1

‘मेलमिलाप र शान्तिको नयाँ युगको शुरुवात गर्न हाम्रो पुनर्जन्म भएको छ,’ उनले भने ।

राष्ट्रपति र विद्रोही नेताले गोलीले बनेको कलमबाट शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सरकार र विद्रोही पक्षबीच क्युवामा भएको चार वर्ष लामो वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । अब यसलाई कानुनमा पारित गर्न अब जनताको लोकप्रिय मत प्राप्त गर्नुपर्नेछ । रातोपार्टीमा समाचार छ ।

मत सर्वेक्षणले कोलम्बियाली जनताले यसको पक्षमा मतदान गर्ने देखाएको छ। यसको विरोधमा पूर्व राष्ट्रपति अल्भारो उरिब र उनका समर्थक रहेका छन् ।

सम्झौतासँगै फार्क अब राजनीतिक पार्टीको रुपमा आउनेछ । यसले कोलम्बियामा लामो समयदेखि जारी हत्या, अपहरण, रक्तपात अन्त्य हुने त्यहाँको जनताले विश्वास लिएका छन् ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी सेक्रेटरी अफ स्टेज जोन केरी र क्युबाका राष्ट्रपति राउल क्यासट्रोको समेत उपस्थित रहेको थियो ।

अमेरिकाले अझै पनि फार्कलाई आतंकवादीको सूचीबाट भने हटाएको छैन । शान्ति सम्झौताको कार्यान्वयनसँगै यसमा पुनर्विचार गरिने अमेरिकाले जनाएको छ ।

फार्कको ५२ वर्ष लामो युद्ध

farc

Leave a Reply

Your email address will not be published. Required fields are marked *