रोल्पा रुकुममा बसेर कलम, बन्दुक र मादलको संयोजन गरेको स्मृति ताजै छ –प्रचण्ड

काठमाडौं, १३ असोज । प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई रोल्पा रुकुमका बस्तिहरुमा बसेर कलम, बन्दुक र मादलको संयोजन गरेको स्मृति आज पनि ताजै रहेको बताए ।

उनले युद्ध र शान्तिकालमा खेलेका मौलिक भूमिका, पहिचान र विशेषताहरुलाई निरन्तर अगाडी बढाउदै जनताको पक्षमा कलम चलाइरहन प्रेस सेन्टर नेपाललाइ बिशेस अनुरोध समेत गरे । जनयुद्धकालमा काठमाडौंमा रहेका मिडियाहरुले शान्ति प्रक्रियाका लागि खेलेको भूमिका अन्तरास्ट्रिय रुपमै महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको एकताको प्रथम रास्ट्रीय अधिबेशनको बिहिबार राजधानीमा उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डले प्रेस जगतले नेपालको राजनीतिक परिबर्तनमा महत्वपूर्ण भूमिका खेलेको तथ्यलाइ कसैले मेटाएर मेटाउन नसक्ने जनाउदै प्रेसको भूमिका नेपाली राजनीतिमा आधारभूत रुपमा सकारात्मक र कठिन परिस्थितिमा सहयोगी रहेको बताए । उनले संबिधान कार्यान्वनको चुनौती सामना गर्न राजनैतिक नेतृत्वलाइ सहयोग गर्न प्रेसलाई अपिल समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले ठुलो बलिदानपछी प्राप्त परिबर्तनलाई स्थापित गर्न, संविधानको स्विकार्यतालाई बिस्तार गर्न र आन्तरिक रास्ट्रीयतालाई बलियो बनाउन पत्रकारिता क्षेत्रले राजनीतिक नेतृत्वलाइ सचेत गराउन सक्नु पर्ने बताए । आगामी १७ ÷ १८ महिना भित्रमा ३ तहको निर्बाचन गराउन नसके ७० वर्ष देखि लडेर ल्याएको परिबर्तन खतरामा पर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले संचार क्षेत्रलाइ जिम्मेवार बनेर त्यस तर्फ बाताबरण बनाउन आग्रह गरे । उनले बिचारमा बिबिधता भए पनि नेपाल रास्ट्रको स्वतन्त्रता र सार्बभौमिकताको रक्षाका लागि एक हुन सबैलाई अनुरोध गरे । खबरडबलीमा समाचार छ ।

भूकम्प पछिको पुननिर्माण र नवनिर्माणको कामलाइ द्रुत गतिमा अघि बढाउनका लागि त्यसका जटिलताहरु चिर्दै अगाडि बढ्न आफु लागि परेको भन्दै उनले पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको समेत बताए । रास्ट्रीय गौरबका आयोजनाहरु समयभित्रै सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको बताउदै आफुलाई सहयोग गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.