महिलालाई चालीस होइन, साठी प्रतिसत दिईन्छ तर जित्ने आधार दिनोस् !–

लेखराज भट्ट
सचिवालय सदस्य
नेकपा(माओवादी केन्द्र)–

मानव सभ्यताका विकासक्रमसंगै पुरूष र महिलाहरूको संगसंगै विकास भएको देखिन्छ । आदिमसाम्यवादी समाजमाकालमा जब मानबको रचना भयो तब महिलाहरूकै शासन सत्तामा पुरूषहरू चल्ने गर्दथे । बिस्तारै समाज विकासको क्रममा दाश युग सामन्तीयुग हुँदै हाल पुँजीवादी युगमा मानव सभ्यता प्रवेश गरेको छ । हालको समाजमा विभिन्न किसिमका उत्पादन प्रणालीहरूको विकास भई सके पश्चात महिला अधिकारहरू विस्तारै पुरूषहरूको हातमा जान थाल्यो । बिषेश गरी सामन्ती उत्पादन प्रणाली र सामन्ती राज्य व्यवस्थामा महिलाहरू दमनमा परेका थिए । पुँजीवादी युगमा हाम्रो जस्तो देशमा महिलाहरूको कार्य भनेका गृहणीको रूपमा परिभाषित हुन थाल्यो । त्यो अहिले पनि देखिन्छ ।
नेपालमा जनयुद्ध शुरू भए पश्चात महिलाहरूको राजनीतिक इतिहासलाई हामीले बिर्सनु हुदैन । त्यसमा पनि ७ न प्रदेशका महिलाहरूको बलिदानी देशकै अग्रभागमा आउँछ । त्यसैले महिला मुक्तिको आन्दोलनमा समर्पित हुने सबै महिलाहरू प्रति मेरो सम्मान र सलाम छ । साहदत प्राप्त गर्ने सहिदहरू प्रति मेरो हार्दिक श्रद्धान्जली अर्पण छ ।

महिलाहरूका समस्याहरू जस्तै अहिले राजनीतिक रूपमा थुप्रै समस्याहरू पैदा भएका छन् । मुल पार्टीमै केही समस्याहरू भई सके पछि अरू तिर त समस्याहरू नहुने कुरै भएन । दश पार्टीसंग पार्टी एकता गरिसकेपछि केही समस्याहरू अवश्य श्रृजना भएका छन् । बैचारिक समस्याहरूको कायमता रहँदा रहँदै पनि केही सांगठनिक समस्याहरू झन थपिएका छन् । सांगठनिक समस्या हल गर्ने विधिमा हामीले केही कमजोरीहरू अवश्य गरेका छौं । ब्यक्तिगत प्रवेश गर्नेहरूलाई पनि उहि र उत्ति नै हैसियत दियौं ।

२०४६ सालमा काङग्रेस बिग्रनुको कारण पनि यहि थियो । २०४६ पछि नयाँ प्रवेशीहरूका कारण पहिला देखि नै त्याग गरेका कार्यकर्ताको अवमुल्यन भयो । नब प्रवेशीहरूले फाइदा लिन पुगे । त्यहि गल्ति हामीले अहिले पनि ग¥यौं । हामीले इतिहासबाट पाठ सिक्नु पथ्र्यो, तर सिकेनौं । हामी शान्ति प्रक्रियामा आई सके पश्चात हाम्रा कयौन बैचारिक, सैद्धान्तिक मत मिल्नेहरूसंग पार्टीहरू एउटै बनाउन तिर लाग्यौं । तर सांगठनिक समस्याहरू तिर ध्यान दिएनौं । शान्ति प्रक्रियामा कयौन मानिसहरू ब्यक्तिगत रूपमा प्रवेश गरे । तिनीहरूलाई पनि उच्चस्तरको हैसियत प्रदा ग¥यौं । हामीले के बिचार गरेनौं भने नयाँ प्रवेशीहरूले जनयुद्धको मर्मलाई कति बोध गरेको छ । हामीले ठूलो पार्टी बनाउने नाममा विभिन्न प्रबृत्तिको ब्यक्तिहरूलाई संगठनमा स्थान दियौं । अहिलेको समस्या त्यहाँबाटै शुरू भएको हो । अहिले संगठनमा अराजकता छ । अनुशासन छैन । मनलाग्दो कार्यहरू गरेका छन् । विधि पद्दति उलङघन भएको छ ।

यस्बाट हामीलाई पाठ सिकाएको छ कि हाम्रो पार्टी रूपान्तरणमा केन्द्रीत हुनु जरूरी छ । हामी गहन छलफलमा छौ कि हामी भित्रको समस्या आँखिर के हो ? सैद्धान्तिक समस्या हो वा सांगठनिक समस्या हो । यस्को मन्थन गरेर हल गर्ने पक्षमा छौं । म त भन्छु हाम्रा समस्याहरू विचारमै छन् । बिचार ठिक भयो भने संगठन आफैं सेटमा आउँछ । हाम्रा धेरै साथीहरूले भन्ने गरेका छन् कि पार्टी विचारमा ठिक छ, सिद्धान्तमा ठिक छ तर संगठनमा समस्याहरू छन् । म त्यसको पक्षमा छैन । कुनै पनि संगठन बिचारसंग अन्र्तसम्बन्ध रहेको हुन्छ । बिचारको हल गर्नु अहिलेको आवश्यकता हो ।

अहिले कयौंन मानिसहरू प्रश्न गर्छन् कि हाम्रो कार्यदिशा के हो ? हामी कता जाने हो ? वास्तवमा कार्य दिशा बिना हामी अगाडी बढ्न सक्दैनौं । हाम्रो रणनीतिक लक्ष्य हाँसिल गर्न र समाजवादी लक्ष्य पुरा गर्न कुन बाटो अपनाउने हो त्यसको निक्र्यौल गर्न जरूरी छ । भर्खरै ७ न.प्रदेशका कार्यकर्ताहरूले प्रधानमन्त्रीसंग भेट गर्नु भएको थियो । संगठन र पार्टीलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने कार्यकर्ताहरूको चासो हुनु स्वभाविक पनि हो । सरकारका काम कार्वाहीहरू तल जनता सम्म पु¥याउन पार्टी र संगठनलाई ब्यवस्थित बनाउन माग राख्न भएको थियो । मलाई पनि बोलाइयो । मैले त बोलेन तर प्रधानमन्त्री स्वयंले आफूलाई ट्रेड मार्क रूपमा उपयोग गरी फाईदा लिईरहेको भन्दै नेता कार्यकर्ताहरूसंग असन्तुष्टि पोख्नु भएको थियो । अव विचारको संश्लेषण हुन्छ र पार्टीका सबै समस्याहरू हल हुन्छन् भनि कार्यकर्ताहरूलाई आश्वास्त पार्ने कोशिस गर्नु भएको थियो । प्रधानमन्त्रीले राष्ट्र र जनताका समस्याहरूलाई हल गर्ने प्रयास गर्नु भएको छ तर त्यो बिषय हामी जनतासम्म लैजान सकिरहेका छैनौं । ब्यक्तिगत अराजकता बढेको छ । होल टाइमरको संख्या केवल सिंहदरबार भित्र केन्द्रीत छ ।

तपाईहरूको एकता भेलामा पनि त्यस्तै समस्याहरू आउँछन् । नेतृत्व चयनमा समस्याहरू आउँछन् । हिजो जनयुद्धको बेला पद र प्रतिष्ठाको बिषय थिएन । जब हामी कम्युनिष्ट आन्दोलनमा सरिक हुँदा म भन्दा पनि तपाईहरू अगाडी बढ्न भन्ने हुन्थ्यो तर त्यसको उल्टो अहिले म किन नहुने भन्ने हुन्छ । त्यसकारण हामीले आफूतिर फर्कन जरूरी छ । वास्तवमा हाम्रा समस्यहरू के हुन् ? हाम्रा प्रदेशका समस्याहरू के हुन् ? हाम्रा महिलाहरूका समस्याहरू के हुन ? महिला संगठन पार्टीभन्दा छुट्टै संगठन हो वा होइन ? यी बिषयमा सबैले गम्भीर हुन जरूरी छ । नेतृत्व पक्तिमा आएका सबै नेताहरूले जनवर्गिय संगठनहरूलाई आफ्नै ट्रेड मार्कको रूपमा विकास गरेका छन् । यो दुःख लाग्दो बिषय हो । के जनवर्गिय संगठन पार्टी भन्दा छुट्टै हो त ? पार्टीका हात, खुट्टा, आँखा, नाक, कान हुन् वा छुट्टै अस्तित्व छ ? के यो स्वतन्त्र हो ? यो प्रश्नमा सबैले आत्मसाथ गर्नु जरूरी छ । यो चिन्तनले हामीलाई सही दिशामा पु¥याउदैन । अहिले केही मानिसहरूका ब्यक्तिगत महत्वकाक्षाहरू जागेका छन् । त्यो महत्वकांक्षाले पनि गडबडी गरेको छ ।

सुदूर पश्चिममा महिलाका समस्याहरूलाई देखाएर धेरै एनजीओ/आइएनजीओहरूले डलरको खेती नै गरेका छन् । महिलाका छाउपडीका नाममा होस्, चेतनाको अभावका नाममा होस्, एचआभी/एड्स पीडितका नाममा होस् । समस्याहरूलाई देखाएर धेरैले आफ्नो पूर्ति गरेका छन् । छाउपडी समस्या थोरै मात्र चेतनाले हल हुने बिषयलाई असंख्य डलरमणीहरूले समस्याको रूपमा श्रृजना गरेका छन् । करोडौ डलरहरू कुम्ल्याएका छन् । आखिंर समस्या त आर्थिक बाट हल हुँदैन । त्यसकालागि राजनीतिक स्तरबाट थोरै चेतना जगाउने हो भने आफै हल हुन्छ । छाउपडी प्रथाकै कुरा गर्दा जो उच्च घरानियाहरू छन् र जस्का २/४ कोठा भएका घरहरू छन् तिनीहरूमा यो समस्या छैन तर न्युन पुँजी भएकाहरू, गरिबहरू, जोसंग कोठाहरू छैन तिनिहरूमा समस्या ब्याप्त छ । त्यसैले महिलाका समस्याहरूलाई वर्गीय रूपमै बुझ्नु पर्ने हुन्छ । अर्कातिर गरिबिका कारणले ७ न प्रदेशका हाम्रा अधिकांश मान्छेहरू भारतमा रोजगारिका लागि जान्छन् । त्यहाँ पैसा कमाउनुको सट्टा एचआइभी/एड्स बोकेर ल्याई निर्दोष महिलाहरूलाई सार्दछन् । कैलालीको ओलानी गाऊँमा गएर हेर्दा हुन्छ । त्यो समस्या पनि गरिबिको उपज हो । राज्यले नेपालमै यस्तो रोजगारिको ब्यवस्था गथ्र्यो भने स्वास्थ्य लगायतका समस्याहरू झेल्नु पर्दैनथ्यो ।

७ ने प्रदेशलाई राज्यले हेर्ने दृष्टिकोण नै ठिक छैन । राज्यले हाम्रा जनताहरूलाई बेरोजगार बनाई राख्ने, उत्पीडनमा राखि राख्ने, दाश बनाउने मनोबिज्ञान श्रृजना गरेको छ । त्यसै कारण परिवर्तन, रूपान्तरण गर्न र जनतालाई सचेत पार्न संघर्षमा छौं । जबसम्म शिक्षा, स्वास्थ्य र रोजगारिको ग्यारेण्टी राज्यले गर्दैन । यस्ता समस्याहरू हामीले भोगिरहन्छौं । यसैको बिरूद्ध हामीले संघर्ष गर्नु छ । धेरै हाम्रा महिला नेतृहरूलाई समेत थाहा छैन होला कि पहिला संविधानसभामा देउकी प्रथा उन्मुलनको ड्राफ्ट तयार भयो तर २०२८ सालमै उन्मुलन भएको देउकी प्रथा सुदूर पश्चिममा अहिले कहिं छैन । त्यस्तो ड्राफ्टको औचित्य छैन भनेर मैले नै हटाउन लगाएको थिए । त्यो पुरानो सुनि सुनाईको आधार र एनजीओ÷आइएनजीओको प्रभाव परेर त्यस्ता बिषयहरू हाम्रा नेताहरूले ल्याउने गर्दछन् । हामीले कसैको प्रभावमा पर्ने होइन, अध्ययन गर्ने हो । त्यसैमा हाम्रो कमी देखिन्छ । दलितका सवाल, महिलाका सवाल, कुरूतीका सवालहरू आर्थिक रूपमा अन्त्य हुदैनन । यी त दिमागबाट अन्त्य हुने बिषय हुन् । राजनीतिक चेतना थोरै हुने बित्तिकै आफै अन्त्य भई हाल्छ । वर्गिय मुक्ति हुने बित्तिकै सबै बिषयहरू हल हुन्छन् ।

समस्याको हल कसरी गर्ने
पहिलो, हरेक विभेदका बिरूद्ध गर्ने भनेको वर्ग संघर्ष नै हो । दोश्रो, साँस्कृतिक क्रान्ति मार्फत चेतना ल्याउनु जरूरी छ । तेस्रो, उत्पीडनको अंशियार सबै हुन्छन् । आफू स्वयं, आफ्नै वर्ग र अर्को वर्ग समेत उत्पीडनमा सहभागि हुन्छन् । तिनीहरू बिरूद्ध संर्घष गर्नु जरूरी छ । चौथो, आर्थिक समृद्धि र महिला सहभागिता हो । सबै वर्गहरूमा महिलाहरूको आर्थिक उत्पादनमा सहभागिता भयो भने उत्पीडनको अन्त्य हुन्छ । पाँचौ, सामाजिक न्यायको सवाल हो । समाजमा सबै बिषयहरूमा महिलाहरू वा अन्य वर्गहरूलाई न्यायिक रूपमा समान अवसर र हैसियत दिएमा उत्पीडनका अन्त्य हुन्छ ।

यो सबै कार्यका लागि राजनीतिमा सहभागि महिला नेतृहरूको नै हुन्छ । तपाईहरूले गाऊँ गाऊँबाट सबै खाले उत्पीडनको अन्त्य गर्नै पर्दछ । यस्ले तपाईहरूको राजनीतिक भविष्यको सुनिश्चितता पनि पैदा गर्दछ भने समाज एक सुन्दर समाजको रूपमा विकास हुन्छ । अहिले महिला नेतृत्वका पनि कमजोरीहरू छन् ।  कार्यकर्ताहरू अब शहरमुखी र नेतामुखी भएका छन् । जनताको घर घरमा जाँदैनन् । जनतासंग जोडिएर कुराहरू गर्दैनन् । नेताहरूसंग छलफल गरे पुगिहाल्छ भन्ने सोंच्दछन् । अनि कसरी हुन्छ संगठन विस्तार ? पहिला जनयुद्धमा जुवातास, रक्सीका विरूद्ध धावा बोल्ने कमरेडहरू अहिले आफै त्यसैमा फंसेका छन् । हाम्रा आचरण पनि सुधार गर्नु छ । जनयुद्धमा जनताले गलतका बिरूद्ध बोलेको धावाका कारणले नै साथ दिएका हुन् । जनयुद्ध लड्ने कार्यकर्ताहरूलाई गाँस दिएका हुन् र बास दिएका हुन् । अहिले हाम्रा कार्यकर्ताहरू बेलुकी हुनै पाउँदैन नसामा मस्त ! यस्तो किन भयो ? हाम्रो आचरण जीवनशैली कता गयो ? हाम्रो स्कुलिङ कता हरायो ? यो बिषयमा ध्यान दिनु जरूरी छ ।

14527643_1223200467722277_1869027127_n

 सबै कार्यकर्ता नेताहरूले गाऊँ गाऊँ जानु पर्दछ । बस्ती बस्तीमा पुग्नु पर्दछ । जनताका समस्याहरूमा साथ दिनु पर्दछ । स्थानिय निर्वाचन आउँदैछ । सबै नेताहरू, कार्यकर्ताहरू गाऊँ नजाने, अनि कसरी जितिन्छ स्थानिय निर्वाचन ? तपाईहरू स्थानिय निर्वाचनमा चालिस प्रतिसतको कुरो गर्नु हुन्छ । तपाईहरूलाई चालीस होइन साठी प्रतिशत भाग छुट्ट्याईन्छ । जित्ने आधार तपाईहरूले नै बनाउनु पर्छ । टिकटको दावी गर्ने तर दश भोट नल्याउन सक्ने हाल भयो भने के हुन्छ ? यस्को जिम्मेवार को हुन्छ ? माथिबाट तपाईहरूलाई हक दिने कुरामा ढुक्क हुनोस् हक दिलाईन्छ । तर तपाईहरूले कर्तब्य बिर्सनु भएन ।

संविधानले स्पष्टता गरेका बिषयहरू समेत महिला सहभागिता कसरी दिने प्रश्न अहिले नै खडा भएको छ । केन्द्रीय परिषदमा ६ जना महिला दिनु पर्छ । त्यस्तै प्रदेश, जिल्ला, स्थानिय निकायमा महिला संख्या निश्चित गरिएको छ । हामीले कताबाट दिने ? त्यसका लागि धरातल निर्माण गर्नु पर्छ वा पर्दैन । शुद्धिकरण आफैबाट शुरू गरौं । जित निश्चित छ ।
(७ न प्रदेश इन्चार्ज श्री लेखराज भट्टले अनेमसंघ(क्रान्तिकारी)को ७ न प्रदेश स्तरीय एकता भेलामा सम्बोधनलाई सम्पादन गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *