काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना

काठमाडौं,१७ असोज ।  काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग।१ ख।६१६९ नम्बरको रात्री बस याम्दीको याम्दी पुल नजिकै दुर्घटना भएको छ। दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा बिहानीपख दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन्।
तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *