दसैँमा कलाकार : कोही तासमा जम्ने, कोही पिङ्गमा रम्ने

काठमाडौँ – हामी नेपालीहरुको महान चाड बढा दसैँ हाम्रो घर दैलोमा भित्रिसकेको छ । सधै एक्सन र कटमा रमाउने कलाकार हुन् वा सर्वसाधार सबैलाई दसैँको महोलले छोएको छ । केही नेपाली कलाकार यो वर्षको दसैँ नेपाल बाहिर मनाउँदै छन् भने कोही यसपटक आफूलाई दसैँंको रौनकले नछुने बताउँछन् ।

कतिपयले त कामको चटारोले दसैँं आएको महसुस समेत भएको छैन भन्न पछि पर्दैनन् भने कतिलाई किनमेलले म्याइनभ्याई छ । जे जस्तो भए पनि दसैँ मनाउने सेलिब्रेटीका आ–आफ्नै योजना छन् । सेलिब्रेटीका दसैँ योजना उनीहरुकै शब्दमा ।

celeb

रेखा थापा अभिनेत्री 

यस पटक मैले खासै योजना बनाएकी छैन । परिवारसँग बसेर सदाका झै दसैँ मनाउने हो । मेरो सबै दिदिहरु र म एकै ठाउमा भेला हुदैछौ । बर्षौ देखि एक ठाउँमा हामी सबै भेला हुन पाएको थिएन । त्यस हिसावले भन्ने हो भने यस पटकको दसैँ मेरा लागी बिषेश नै मान्नु पर्दछ । केही दिन म उपत्यका बाहिर पनि जानेछु । दसैँका लागी चाहिने सपिङ सबै आमाले गर्नु भएको छ । दसैँ भनेपछि पक्कै पनि नयाँ लुगा लगाउने चाड हो । मलाई पनि आमाले नयाँ लुगा किनिदिनु भएको छ । दसैँको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको आफुभन्दा मान्यजनको हातबाट टिका लगाउने, आर्शिवाद लिने हो । मलाई यहि कारणले पनि दसैँ बिशेष लाग्छ । भ्याएसम्म आफन्तको कहाँ गएर टिका थाप्दै आर्शिवाद लिने मन छ ।

दिपक राज गिरी, अभिनेता 

दसैँको खासै प्लानिङ छैन । चलचित्र चलाएर सकाउँला ,दसैँ मनाउनला भन्ने योजना थियो । दर्सैँकले चलचित्र मनपराई दिएर ,माया दिएर दसैँ हलमा मना भन्नु भाको छ । म पनि त्यसै गर्दैछु । यो दसैँ मेरो धेरै चलचित्र भवनमा बित्ने छ । मेरो घर नै यतै भएकोले आफन्तसँग टिका लगाउँछु । साथीहरुसँग तास खेल्ने भ्याएसम्म । हलमा दर्सैँकसँग बसेर चलचित्र हेर्छु । चलचित्रले गर्दा त्यस्तो सपिङ गर्न पाएको छैन । घर परिवारले सबै गरेका छन् । चलचित्रले गर्दा यसपाली मेरो खाने मात्र काम हो ।

आर्यन सिग्देल, अभिनेता 
मेरो त खासै केही योजना छैन । मेरो लागी सधै दसैँ हो जवसम्म मन खुसी हुन्छ । यसपाली मेरा लागी स्पेशल भनेको मेरो फ्यामेली हो । मेरो बुबा, बैनीहरु सबै बाहिर बस्ने हुन् । उहाँहरु दसैँका लागी घर आउनु भएको छ । त्यसैले अन्य बर्षको भन्दा यो बर्ष धेरै रमाइलो हुन्छ । सबैकाम छोडेर पहिरवारलाई समय दिने मेरो सोच छ । दसैँमा जुवा तास खेल्ने मेरो पहिले देखिकै बानी पनि छैन । यो मन पनि पर्दैन । बरु पिङ खेल्न पाए धोको पुग्ने गरी खेल्छु । आफुभन्दा ठुलासँग टिका थाप्ने, आर्शिवाद लिने हो । तर दसैँको धेरै समय म घरमै बिताउँछु होला ।

खुस्बु खड्का अभिनेत्री  
मेरो घर सिन्धुपाल्चोक हो । घरहरु भुकम्पले भत्किएर छाप्रो भएपनि म यसपटक गाउँमै गएर छाप्रोमा दसैँ मनाउँने योजना छ । छाप्रोमा भएपनि रमाइलो हुन्छ । दसैँमा टाढा टाढा रहेकाहरु पनि अउनु हुन्छ । सपिङ यस पटक खासै गरेको छैन । दसैँलाई नभई नहुने सामान किनियो । कलाकार भएकोले सधै जसो सपिङ भइरहेको हुन्छ । अरुबेला जो जहाँ भएपनि आफन्त एक ठाउँमा हुने, टिका लगाउने आर्शिवाद लिने पक्ष मलाई दसैँको सबैभन्दा महत्वपुर्ण पक्षहो जस्तो लाग्छ । काटमार गर्ने मासु खाने मलाई त्यती मन पर्दैन । धेरै भयो गाउँको पिङ खेल्न नपाएको यसपटक भने मज्जा खेल्छु ।

रजनी केसी अभिनेत्री 
मेरो जन्म घर त्रिसुली हो । म दसैँका लागी यतै आएकी छु । गाउँ घरमा दसैँ मनाउन मलाई निकै रमाइलो लाग्छ । साथीहरु आफन्तहरुसँग दसैँको खुसी साट्ने छु । दसैँको टिका सबैभन्दा पहिले घरमा लगाउँछु । त्यसपछि आफन्त । मेरो आफुले काम गरेको अग्रजसँग पनि टिका लगाउने योजना छ । त्यसैले काठमाडौ छिट्टै फर्किन्छु होला । केही दिन अगाडीसम्म त चलचित्रको काममा ब्यस्त भएकोले त्यति सपिङ गर्न पाएको छैन । अब गर्नेछु । आफन्त भेट्न पाउने, टिक लगायर आर्शिवाद लिन पाउने, पिङ खेल्न पाउने लगायतका दसैँका सबै पक्ष मलाई मनपर्छ । पिङ खेल्न र जमरा कपालमा लगाउन मलाई निकै मनपर्छ । जुवा तासमा खसै रमाउने बानी छैन । भाई, रिलेटिभहरुसँग चाही हल्का रमाइलो गर्छु । यो पहिला देखिनै चलिआएको कल्चर हो । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ ।

गजित बिष्ट अभिनेता
मैले भर्खरै नयाँ गाडी किनेको छु । त्यसैले गाडीमा सबै परिवार घुमघाम गर्ने । नयाँ गाडीमै बिराटनगर पनि जान्छु । बिराटनगर मेरो घर हो । त्यहाँ केही दिन तबिताएर, दसैँको टिका सकाएर आफन्तको हातबाट टिका लगाउँछु । त्यस पछि दाङको एउटा महोत्सवमा जानु पर्नेछ । महोत्सव सकाएर फेरी राजधानी फर्किएर काममा लाग्नु छ । म अहिले नयाँ चलचित्रको तयारीमा छु । उक्त चलचित्रको धेरै काम तिहार अगाडी सकाउनु पर्छ । दर्सैँैमा मेरो जुवातास खेल्ने योजना छैन । बच्चाहरुसँग भने हल्का रमाइलो गर्छु होला । रातोपाटी बाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *