काठमाडौंका सडक प्रायः सुनसान

Kathmandu Valley

काठमाडौँ, असोज २४ । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्रायः सुनसान देखिएको छ ।

दसैँ मनाउन काठमाडौँबाट मानिस आआफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले सडक सुनसान देखिएको हो ।

सडकमा छोटो दूरीका भाडाका सवारीसाधन फाट्टफुट्ट चलेका देखिन्छन् भने निजी सवारीसाधन अत्यन्त कम छन् । केही मोटरसाइकल भने चलेका देखिन्छन् । यहाँस्थित भद्रकाली, मैतिदेवी, कालिकास्थान लगायतका विभिन्न शक्तिपीठमा भने दर्शनार्थीको घुइँचो देखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *