मओवादी र प्रचण्डलाई गाली गर्ने एमालेको पुरानै पेशा – भट्ट

एमाले द्धन्द्धात्मक भौतिकवादमा विश्वास गर्छ तर काम भने ठ्याक्कै उल्टो कालीका, देवी, चण्डी ‘जयन्ती मंगलाकाली र आयु द्रोण सुते’ लाई दर्शन बनाउछ । आफुलाई माक्र्सवाद, लेनिनवादको ठेकेदार ठान्दछन र हिमायती पनि । सामन्ती राज्य सत्ताका नाइकेहरुका खुट्टा ढोक्दछन । निर्मल निवासको दर्शन गर्छन । त्यति मात्रै होईन दशैँको टिका निधारमा लगाएर निर्मल निवासका फोटाहरु मोबाईलमा कैद गर्छन । खुट्टा ढोकेका सेल्फी फोटो फिचर सामाजिक संजालमा भाईरल बनाउछन । उल्टै छाती फुलाई माक्सवाद, लेनिनवादका प्रवचन दिन्छन । तर प्रचण्डले दशैंको टिका लगाएनन् तैपनि सवत्र विरोघ जनाईरहे । कम्युनिष्ट भौतिकवादी हुन्छन भन्ने पनि ज्ञान रहेन एमालेजनमा । भौतिकवादीहरुको कुनै धर्म, जात हुदैन । विज्ञानमा विश्वास गर्दछन । ईश्वरीय जगतको सृष्टि गरेको भ्रममा कम्युनिष्ट पदैनन् । यो सत्य हो कम्युनिष्टहरुको लागि । द्धन्द्धात्मक भौतिकवादमा विश्वास गर्छन । तर नेकपा एमालेमा द्धन्द्धात्मक भौतिकवादै रहेन रह्यो त केवल हिन्दु सनातन धर्मवाद ।

नेपाल बहु जाती, भाषिक, सांस्कृतिक, बहु धार्मिक देश हो । सांस्कृतिक विविधतालाई एकतामा बदल्नु आजको आवश्यता हो । त्यसैले दशैं चाड पर्वलाई सारा नेपालीहरुको चाडपर्व बनाउनु पर्दथ्यो । बनाउन सकिएन । बरु बनाईयो त हिन्दु धर्म मान्नेहरुका लागि मात्र ? के दशैं हिन्दु धर्म मान्नेहरुका लागि मात्र हो ? अरु धर्म मान्नेहरु नेपाली होईनन् ? यो प्रश्नको जवाफ एमाले जनहरुले दिनु पर्दछ ।

सामन्ती सत्ताद्धारा संरक्षित संस्कृतिलाई विस्तापित गर्नुको साटो बढोत्तरी दिदैछन । आफुलाई सच्चा कम्युनिष्ट एमाले हुँ भनि खोक्रा भाषण मात्रै छाँट्नेहरु । सामन्ती आडम्बरमा आधारित चाडपर्वहरुको सुधार र परिमार्जन गर्नुको साँटो ति पर्वहरुलाई नै प्रोत्साहन दिदैछन् । सामन्ती संस्कृतिको प्रचारप्रसार, पुराण वाचन र अतिथिका रूपमा मञ्चमा आसिन हुनमा गर्व गदैछन् । आखिर यस्तै गर्नु छ भने किन कम्युनिष्ट भन्नु प¥यो । किन परिर्वनकारी भन्ने ? किन क्रान्तिकारी भन्ने ? ंयो आम जनमानसले आज एमालेलाई प्रश्न सोधेको छ ।

किन कम्युनिष्ट भन्ने ? किन सामन्ती भन्न डराउने । काम र व्यवहार सामन्तीको, पाढ मात्रै कार्ल, माक्सको किन ? आप्नो आचरणको बारेमा फिटिक्कै चासो नराख्ने अरुको बारेमा नालिबेली कोट्याउने यो एमालेकोे पुरानै पेशा हो । माओवादीलाई कम्युनिष्ट नदेख्ने एमाले आज नाङ्गो भएको छ । आफुलाई कम्युनिष्ट भन्ने दशैं सामन्ती सरहले मनाउने ? समाजमा गरिव र धनी विचको दुरि बढाउने ? यो माक्सवाद, लेनिनवादको दर्शनभित्र पदैन ? एमालेले आप्नो शाख गुमाएको छ । प्रचण्डलाई गाली गर्दा आज एमालेले ठुलो मुल्य चुकाउनु परेको छ । एकातिर एमालेजनहरुले प्रचण्डले दशैमा टिका ग्रहण गरेनन् भनेर आलोचना गरिराख्दा परिणाम अर्कैै बनिसकेछ । अर्कालाई नाङ्गो बनाउन हिड्दा आफै नाङ्गीएछ ।

२०५९ सालमा ज्ञानेन्द्रले ‘कु’ गर्दा माओवादी युद्धमै थियो । उसको एउटै सपना थियो राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने र समाजवाद हुँदै साम्यवादको गन्तव्यमा हिडे्ने । माओवादीले राजाको ‘कु’ को शक्त विरोध गरिरहेको थियो । कांग्रेस पनि फैजि शासनको विरोध गर्दैथियो । एमाले आप्नो दुनो सोझ्याउनमा ठिक्क थियो ।‘कु’ को बारेमा चुँइक्क पनि नबोले पछि पार्टी भित्रबाटै चर्को आलोचना भयो । साम्यवादको कोरा सपना मात्र देख्ने ‘कु’ समेत भन्न नसक्ने भन्ने दवावले गर्दा कांग्रसको पछि– पछि लागेर ‘कु’ भन्न भ्यायो ।

जुवाको खालमा बस्ने तर दाउचाही हाँन्न नसक्ने अरुले हाँनेको दाउ आफु हत्याउला भनि बसिराख्ने यो एमालेको पुरातन धर्म हो । नयाँ चाडपर्वहरूको स्थापना वर्गसङ्घर्षका बीचबाट हुन्छ । राजतन्त्र ढल्यो । तर सामन्ती चिन्तन ढलेको छैन । वर्षौदेखि नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती संस्कृति सितिमिति ढङ्गले ढल्नेवाला पनि छैन । त्यति मात्र नभएर सामन्ती—व्राम्हणवादी प्रवृत्ति विभिन्न पार्टीमा छ, पार्टीका नेताहरूमा छ, क्रान्तिकारी भनिएका तपाई—हामीभित्र छ । यसले लामो र दीर्घकालीन लडाइ“को बाटो खोज्दछ जो एमालेजनले निम्त्याउदैछन । यसको असर दुरगामी हुन्छ । प्रत्यक्ष देख्न नसकिए पनि भोगाईमा अनुभव हुन्छ । संस्कार र संस्कृतिलाई पनि परिमार्जित गर्दै लैजानु पर्दछ । त्यो एमाले नेताहरुमा देखिएन । देखियो त सामन्तवादको घमण्ड ।

नेपाली समाजमा विद्यमान चाडपर्व, तिनको चरित्रको विशलेषण र विस्थापनको कुरा गर्दा तिनमा निहित जटिलता र सम्बेदनशीलतामा पनि ध्यान दिनु आवश्यक थियो । त्यो भएन । बरु खुट्टा तान्ने प्रवृतिको विकास भयो । हो, प्रचण्ड दशैंमा टिका लगाएनन् । पशुपतिनाथको दर्शन गरेनन् । उनी निर्मल निवास धाएनन् । सबै धर्म समान हुन । सबैको स– सम्मान हुने गरि शुभकामना दिए । कसैको आलोचना गरेनन् । उनले भने रुढि वादी चिन्तन हटाउनु पर्छ । समय अनुसार संस्कृतिलाई परिमार्जन गनु पर्छ भने । के यसो गर्नु अपराध हो ? प्रचण्ड प्रधानमन्त्री हुन । सामन्तीका प्रधानमन्त्री होईनन् । उनी कम्युनिष्ट प्रधानमन्त्री हुन । उनको आफ्नै आदर्श, मूल्य, मान्यता, दर्शन र सिद्धान्त छ । उनी माक्र्सवाद, लेनिनवाद, माओवादलाई जीवन दर्शन मान्छन् । उनी भौतिकवाद मान्छन् । विज्ञानमा विश्वास गर्छन्, अन्वेषण र आविष्कारमा विश्वास गर्छन् । अलौकिक शक्तिको पूजा गर्दैनन्, शक्तिसामू झुक्ने उनको आदर्श होइन । त्यसैले उनले दशैंमा सबैलाई शुभकामना दिए, उरुको आस्थाको सम्मान गरे ।

प्रचण्डले अहिले मात्र टिका नलगाएका होइनन् । उनले जीवनभर टिका लगाएनन् । आप्ना आमा बुबाको हातबाट पनि टिका ग्रहण गरेनन् । उनी नास्तिक हुन । उनका नजरमा सबै धर्म समान छन । उनले टिका लगाउनेहरुलाई शुभकामना दिए र उनीहरुको आस्थाको सम्मान गरे । अहिले पनि त्यही गरिरहेका छन् । प्रचण्डले टिका लगाए पनि नलगाएको भएपनि आलोचना हुन्थ्योे । तर प्रचण्डले जे गरे सहि गरे । उनले कम्युनिष्टमा हुनुपर्ने आचरण सावित गरिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *