नेपालको हवाई क्षेत्रलाई इयूको कालोसूचीबाट हटाउने पहल सुरु

अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आइकाओले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको कालोसुचीबाट हटाउन पहल थाल्ने भएको छ ।आइकाओले नेपालको उड्यन क्षेत्रमा गम्भिर सुरक्षा कमजोरी औल्याएपछि इयुले २०७० मंसिर २० गते नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको थियो ।

सो  संगठनले नेपालको उड्यन क्षेत्रमा पछिल्लो समय सुधारका प्रयासहरु भइरहेको भन्दै आगामी मार्चदेखी इयुको कालोसुचीबाट हटाउने गरी नेपाललाई आवश्यक सहयोग गर्न लागेको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवन बहादुर शाहीले बताउनुभयो ।

केही दिन अघि क्यानाडामा भएको आइकाओको महासभामा समेत मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई इयुको कालो सूचिबाट हटाउन आग्रह गर्नुभएको थियो । नेपालको नागरिक उड्यन क्षेत्रमा थप सुधार गर्न अन्तराष्ट्रिय नागरिक उड्यन संगठनले एक जना विज्ञलाई समेत नेपाल पठाउँदैछ ।

आइकाओले नेपाल पठाउने बिज्ञको ७५ प्रतिशत खर्च समेत व्यहोर्ने सहमति जनाएको छ । नेपालमा हवाई सुरक्षाका लागी अलवम्बन गर्ने कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय उड्यन संगठनका बिज्ञले ४ महिनासम्म नेपालको उड्यन क्षेत्रका कमजोरी सुधारका लागी काम गर्ने नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

उसले नेपालको हवाई क्षेत्रको सु्रक्षामा बिश्वस्त भएर कमजोरी सुधार भएको प्रतिवेदन दिए इयूले कालोसुचीबाट हटाउने बताइसकेको छ । आइकाओले गम्भिर सुरक्षा कमजोरी देखाएकै कारण इयुले नेपालको उड्यन क्षेत्रलाई कालोसुचिमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.