अहँ ! छुदैन दशैले न त तिहारले नै छुन्छ
अहँ ! छुदैन दशैले न त तिहारले नै छुन्छ
जब बुढेसकालमा बुवा सन्तान सम्झी रुन्छ
सडकमा मिल्काइएको उ त्यो बालक
न्यानो माया पाउने हजार सपना बुन्छ
खै कसरी सान्त्वना दिउँ म उसलाई
जो मुखले होइन हातले बोलेको सुन्छ
रातभरि सपनामा जब दौडिएको देख्छ उस्ले
बिउँझिदा हातखुट्टा छाम्दै रोईरहेको हुन्छ
ध्यानमग्न भई कोही पढिरहेको छ
कस्तो लिला उ हातले अक्षर चुन्छ