तीन वर्षपछि भुटानी शरणार्थी शिविर बन्द हुने

काठमाडौं-शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार गरेको  छ ।camp-660x330
युएनएचसिआरले भुटानी शरणार्थीलाई ०४७ देखि सहयोग गर्दै आएको छ । तर, अबका तीन वर्षपछि सहयोग गर्न नसक्ने जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र्थापना नगर्ने भनेका छन् ।
‘आगामी डिसेम्बरसम्म करिब एक लाख १७ हजार भुटानी शरणार्थीलाई पुनस्र्थापन गरिसकिएको छ,’ युएनएचसिआरको नेपालस्थित कार्यालयका एक अधिकारीले भने, ‘बाँकीलाई नेपालमा राख्न सकिनेबारे नेपालसँग कुराकानी गर्छौं र फर्काउने विषयमा भुटान सरकारसँग अनौपचारिक च्यानलबाट कुराकानी थाल्छौँ ।’
तर, भुटान सरकारले नेपालमा रहेका शरणार्थीहरू भुटानी नभएको भन्दै तेस्रो मुलुक पुनस्र्थापनमा पठाउन सुझाब दिँदै आएको छ । २९ असोजमा भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भुटानी प्रधानमन्त्री छिरिङ तोप्गेले शरणार्थी फिर्ता गर्न नसकिने कूटनीतिक सन्देश दिएका छन्, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ  ।
‘भुटान पुरानै अडानमा छ, शरणार्थीलाई स्वदेश फिर्ता होइन, तेस्रो मुलुक पुनस्र्थापनामा पठाउने उसको मनसाय देखियो,’ भेटवार्तामा सँगै रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, ‘भुटानी प्रधानमन्त्री आफ्ना नागरिक स्वदेश फर्काउन तयार नभएको हामीले पायौँ । तर, हामी उनीहरूको सम्मानजनक स्वदेश फिर्ताको पक्षमा छौँ, यो कुरा स्पष्ट भन्यौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.