सभामुख पौडेलविरुद्ध पनि दर्ता भएको थियो महाअभियोग

काठमाडौं  – ०५४ मा एमाले विभाजन भएपछि वामदेव गौतम नेतृत्वमा बनेको मालेलाई असंवैधानिक रूपमा सघाएको भन्दै एमालेले तत्कालीन सभामुख रामचन्द्र पौडेलविरुद्ध संसद्मा महाअभियोग दर्ता गराएको थियो ।

कांग्रेसले पनि एमालेको तर्फबाट उपसभामुख रहेकी लीला श्रेष्ठ सुब्बाविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाएको थियो । संसद्को तत्कालीन अंकगणितअनुसार कांग्रेस र मालेसहितको मतले उपसभामुखविरुद्धको प्रस्ताव पारित हुने स्थिति आएपछि उनले राजीनामा दिइन् ।

लगत्तै मालेका सांसद भोजराज जोशी उपसभामुख चुनिए । तर, पौडेलविरुद्धको महाअभियोग प्रस्तावमा एमालेले दुईतिहाइ बहुमत पुर्‍याउन सकेन, प्रस्ताव अस्वीकृत भयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *