जीन्दगिमा कहिल्यौ पनि, हार नखानु

जीन्दगिमा कहिल्यौ पनि, हार नखानु !
मैले जस्तै हजार पटक मार नखानु !!

                          चारै तिर खुल्ला छन तिम्रा लागि ढोकाहरु !
                          मैले जस्तै तिरस्कारको कतै बार नखानु !!

घर न घाटको बनाई दिन्छ यो मायाले जीन्दगिमा !
मैले जस्तै मायालुको तिमीले तरवार नखानु !!

                          तिम्रौ लागि खुशीहरु भगवान सँग मागि दिउला !
                          मैले जस्तै पिडा चोट र अत्याचार नखानु !!

छाती माथि छुरा राखि हाँस्न सिकाउछु ! 
मैले जस्तै निष्ठुरीको दुव्र्यवहार नखानु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.