महाअभियोग प्रस्तावसम्बन्धी छलफल आइतबार

samsadकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन दिनका लागि स्थगित गरेकी हुन । प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिएकी दिइन ।

‘शीर्ष नेतासँगको छलफलपछि प्रस्तावमा एकमत बनाएर अघि बढ्न एक, दुई दिन दलबीच छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको सभामुखले जानकारी गराउनुभयो’, एमाले सचेतक गोकुल घर्तीले भने ।

माओवादी केन्द्रको प्रस्तावमा र एमालेको समर्थनमा महाअभियोगको सूचना दर्ता भए पनि दुवै दलबीच पनि पर्याप्त गृहकार्य भएको छैन । माओवादी केन्द्रले बिहीबारै संसदीय दलको बैठकमा छलफल गरेको छ । एमालेले दर्ता भएको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ । उसले काठमाडौँबाहिर रहेका आफ्ना सांसदहरूलाई पनि काठमाडौँ फर्कन ह्वीप जारी गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.