भारतीय बाँधको ढोका पुनः बन्द, नेपाली भुभाग डुबानमा

badhकपिलवस्तु – भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार बाधको फाटक (ढोका) बन्द गर्दा नेपाली भूभाग डुबेको हो ।

भारतीय बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरिएको स्थानियबासीले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले डुबानको कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थाको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ । फाटक नखोले पछि दक्षिणी सीमावर्ती क्षेत्रका एक दर्जन गाबिस प्रभावित बनेका छन् ।

चार वटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो ।

पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको एक देखि ६ वाडका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ ।

यस्तै तितिर्खी गाविसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको स्थानिय राम लखन जैसवालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.