लोकमान प्रकरणले रद्द गराएका दुई हाइप्रोफाइल भ्रमण

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि दुईवटा दूई हाइप्रोफाइल भ्रमण रद्द भएका छन् ।

सभामुख ओनसरी घत्र्तीको जेनेभा र पूर्वप्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी ओलीको बंगलादेश भ्रमण रद्द भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि छलफल केन्द्रीत भएपछि भ्रमण रद्द गरिएका हुन् ।

onsari-kp-oli
पहिलो भ्रमण रद्द

सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जाने कार्यक्रम कार्तिक ४ गते रद्द गरिन् । मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनले साताव्यापी आफ्नो भ्रमण रद्द गरेको उनको नीजि सचिवालयले जानकारी दिएको थियो । सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)को प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँदै थिए ।

दोस्रो भ्रमण रद्द
बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा त्यस पार्टीको २० औँ त्रैबार्षिक सम्मेलनमा भाग लिन ओली शुक्रबार दिउँसो बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्ने कार्यक्रम अन्तिम समयमा एमाले अध्यक्ष ओलीले रद्द गरे । पार्टीका सचिव कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार ‘मुलुकमा विकसित राजनीतिक घटनाक्रम’का कारण आजको भ्रमण स्थगित भएको हो । हिजोमात्र पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव बारे जानकारी दिँदै सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । बैठकमा उनले निकै सोचविचार गरेर महाअभियोग प्रस्ताव ल्याइएको र त्यसबाट पछाडी फर्कन नसकिने बताएका थिए ।

र, यस्तो पनि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की दुई साता लामो विदेश भ्रमणपछि कार्तिक ३ गते स्वदेश फर्केका थिए । संयोग भन्नुपर्छ उनी स्वदेश फर्केकै समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.