बिडिसिए क्रिकेट कप ः समुह बी का चार खेल सम्पन्न

विनोद सिंह विष्ट

बैतडी,६ कात्तिक । बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिता अन्र्तगत शनिवार पनि समुह बी का ४ ओटा खेल सम्पन्न भएका छन ।
निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा दुई र बुढाबाजे खेलमैदान रातामाटामा दुई गरी ४ खेल सम्पन्न भएका हुन । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा भएको पहिलो खेलमा महामाया क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै एनआरवाईसि विजयी भएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महामायाले जनक पुजाराको सर्वाधिक २७ तथा माधव भट्टको १० रनको मद्दतले १३ दशमलव ३ ओभरमा अलआउट हुदै ९३ रन बनाएको थियो ।

एनआरवाईसिका सुरज बोहराले ह्याट्रिकसंगै ६ विकेट हात पारेका थिए।९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एनआरवाईसिले नरेस चन्दको ३१ तथा सुरज बोहराको २५ रनको मद्दतले १२ दशमलव २ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको थियो । यो दोस्रो हारसंगै महामाया प्रतियोगितावाट बाहिरिएको छ ।

यस्तै दोस्रो खेलमा पाटन भ्यालीलाई १८ रनले पराजित गर्दै खोडपे क्रिकेट क्लबले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराउर्दैै सेमिफाईनल नजिक पुगेको छ ।टस जितेर ब्याटिङको गरेको खोडपेले १९ दशमलब ५ ओभरमा मोहन महताको सर्वाधिक ४९ तथा निराजन भट्टको २४ रनको मद्दतमा आफ्ना सम्पुर्ण विकेट गुमाउदै १३२ रन बनाएको थियो । पाटनका किरन चन्द र धिरेन्द्र चन्दले समान दुई दुई विकेट हात पारेका थिए ।
१३३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पाटन बिकास विष्टको सर्वाधिक २७ रनको मद्दतले १५ दशमलव ४ ओभरमा अलआउट हुदै ११३ रन मात्र जोड्न सक्यो । पाटनको पारी ध्वस्त पार्न खोडपेका कृष्ण विष्ट, दिपक विष्ट र सन्नि विष्टले समान तिन तिन विकेट हात पारेका थिए ।

उता बुढाबाजे खेलमैदान रातामाटामा भएको पहिलो खेलमा पाटन स्टारलाई ४४ रनले पराजित गर्दै त्रिलोचन क्रिकेट क्लबले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको त्रिलोचनले लोकेश चन्दको सर्वाधिक ३३ रनको मद्दतले १५ दशमलव ३ ओभरमा ८२ रनमा सिमित भएको थियो । पाटनका हेमन्त चन्दले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको पाटन १३ दशमलव ५ ओभरमा ३८ रनमा समेटिएको थियो । त्रिलोचनका राजेन्द्र भट्टले सर्वाधिक ४ विकेट लिएका थिए ।

दोस्रो खेलमा कालाशैनी क्रिकेट क्लबलाई ३९ पाखा लगाउदै पाटन स्टार विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा सुभास विष्ट ३३ रनको मद्दतले ६ विकेटको क्षतीमा १३२ रन बनाएको थियो । कालाशैनीका निरज चन्दले २ विकेट लिए । १३३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी सन्तोस चन्दको सर्वाधिक २६ रनको मद्दतले १८ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ९३ रन मात्रै जोड्न सक्यो । पाटनका राजेन्द्र चन्द र सुभास विष्टले समान तिन तिन विकेट झारेका थिए ।

प्रतियोगिता अन्र्तगत आईतवार समुह चरणका अन्तिम चार खेल हुने भएका छन ।निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा एनआरवाईसि र खोडपे भिड्दा दोस्रो खेलमा महामायाका विरुद्ध पाटन भ्याली मैदान उत्रने भएको छ ।

उता बुढाबाजे खेलमैदान रातामाटामा हुने पहिलो खेलमा त्रिलोचन क्रिकेट क्लब र जगन्नाथ क्रिकेट क्लब आमने सामने हुदा दोस्रो खेलमा कालाशैनी क्रिकेट क्लब र जगन्नाथ क्रिकेट क्लब भिड्ने भएका छन ।कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताको १६ औ संस्करण कात्तिक ९ गतेसम्म सञ्चालन हुने बताईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *