मोदी आउँदा दुई दिन विदा भएको किन बिर्सिदैछन् एमाले भक्तहरुले ?

मन्त्रीपरिषदले भारतीय राष्ट्रपति प्रणम मुखर्जीको नेपाल भ्रमणको बेला एक दिन सार्वजनिक विदा दिने घोषणा गरेपछि यसलाई विवाद र आलोचनाको विषय बनाइएको छ ।

प्रचण्ड सरकारका हरेक कामहरुमा गल्ती खोज्दै बस्ने समूहले सुरु गरेको यो कुतर्कका पछाडी कुनै भरपर्दाे तर्क या कारण भने देखिँदैन ।

जबकी मुखर्जीको नेपाल भ्रणका बेला सवारी साधन जाम हुन सक्ने र सुरक्षाको दृष्टिलेसमेत एक दिन विदा दिएको सरकारले स्पष्ट पारीसकेको छ ।

अन्य देश र राष्ट्र प्रमुख औपचारिक भ्रमणमा आउदा विदा दिएको यो पहिलो पटक होइन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा दुई दिन सार्वजनिक विदा दिइएको थियो ।

एमालेको समर्थनमा दिभंगत सुशील कोइराला प्रधानमन्त्री भएको बेलाको सरकारले दुई दिन विदाको घोषणा भएको बेला त्यसको कुनै चर्चा भएन । न त्यो कुरा मिडियाले नै उचाल्यो न त कुने पार्टीले नै ।

तर अहिले भने एक दिन विदाको विषयलाई उचालेर ठूलो विषय बनाइदैछ । यहाँसम्म कि स्थापित मिडियाले समेत यसलाई गलत ढंगले प्रचार गरेका छन् ।

विरोधका लागि विरोध गर्नु गलत हो, गलत हो भने त्यो आलोचनाको विषय बन्नुपर्छ तर हावादारी कुतर्क गरेर अनावश्यक भ्रम सिर्जना गर्नु सस्तो प्रोपोगाण्डा मात्रै हो ।

अहिलेको आलोचनालाई एमाले समर्थकहरुले झन उचालेका छन् । तर उनीहरुले हिजो आफू सत्तामा छँदा गरेको निर्णय किन बिर्सिन्छन् ।

किन आफ्नो हजार गल्ती तििनहरुलाई याद आउँदै ? विरोध र आलोचनाको यो भन्दा संकिर्ण कुरुप छ भन्ने कुरा किन बुझ्दैनन ? एमालेका भक्तजनहरुले गरिरहेको कुतर्कमा कुनै दम देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *