संविधान संशोधनको समयसीमा माग्ने मोर्चाको तयारी

काठमाडौं – मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । छठ मनाउन जिल्ला गएका मधेसवावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबारसँगसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउनेछन् । आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.