सोलिडारिटी कपको उपाधि नेपाललाई

काठमाडौँ – एएफसी सोलिडारिटी कप अन्तरगत मकाउविरुद्धको फाइनल खेलमा नेपालले जित हाँसिल गरेकाे छ । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।  खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नेपाल एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको हाे ।

नेपाल र मकाउबीच यसअघि ५ वटा खेल भएका छन् ने नेपालले ३ खेलमा विजय, एक बराबरी र एकमा हार बेहोरेको छ ।
नेपाल ८ वर्षपछि मकाउसँग भिडेकाे हाे । पछिल्लो समय नेपाल र मकाउ सन् २००८ कम्बोडियामा आयोजना भएको एएफसी च्यालेञ्ज कपअन्तर्गत पहिलो चरणका लागि भएको छनोट खेलमा प्रतिश्पर्धा गरेका थिए ।

साभार रातोपार्टीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *