व्यबस्थापिका संसदले गर्यो ल्हारक्याल माथिको प्रतिबन्ध फुकुवा

संसदले नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । विशेष अदालतले अकुत सम्पत्ति सम्बन्धी मुद्दामा लामालाई सफाइ दिएकाले संसदको शुक्रबारको बैठममा सभामुख ओनसरी घर्तीले उहाँमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा गरेकी हुन ।

लामाले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो उक्त मुद्दा लामाले जितेपछि उनीमाथिको प्रतिबन्ध फुकुवा भएको हो । लामाको सबै सम्पत्तिको श्रोत देखिएको भन्दै विशेष अदालतले लामालाई सफाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *