युवा राजनीतिको सम्भावना र समस्या

harish-bhatt
नेपालको एक डिजिटल पत्रिकामा केही समय अघि एउटा लेख प्रकाशित भयो , ूबुवा, म राजनीति गर्छुू शीर्षकमा । ति पङ्क्तिकारले  बडो गहकिलो शब्दमा  युवाहरुलार्इ राजनीतिमा आउन प्रेरित गर्न खोजेको जस्तो देखिन्थ्यो । यस्ता आह्वाहन आजकल यत्रतत्र सुनिन्छन । सबैले आफु पढेलेखेको युवा भएको आफु सक्षम रहेको र देश बनाउने विकल्प आफु मात्र भएको बताउने क्रम चलिनै रहेको छ । तर यस्ता लेख  हरुले एक सकारात्मक बहस र माहोल बनाएको छ । अस्ति एउटा लेख पढिसकेपछि कतै सुनेको एक तर्क मनमा याद आयो, “ एउटा मेहेनती विद्यार्थी र्इञ्जीनियरिङ पढ्छ । उसले गाँउमा राम्रो पूल बनाउने या सडक बनाउने कल्पना गर्छ । उसले सुन्दर कल्पना मात्र हैन एक सुन्दर नक्सा पनि बनाएको हुन्छ । त्यसै समयमा तर फरक ठाँउमा एक राजनीति गर्ने नेता बनेको पूल सडक भत्काउदैँ कथित क्रान्तिकारी बन्छ ।

उसैले कालान्तरमा सत्ता चलाउँछ । उसले देश विकाश गर्ने आश्वासन दिन्छ तर आफ्नै भूँडी भर्छ तर जनता उसैको आश्वासन पर्खी बस्छ ।

( हरीश प्रसाद भट्ट )

 इन्जिनियरको नक्सा बन्छ तर पुल बन्दैन । सडक बन्दैन । “राजनीति स्वार्थी र अनैतिकहरुको व्यवसाय बनिरहँदा एक नयाँ बहस उब्जीएको छ । के उमेर खाएका र अशिक्षित( दिन दुनिया नबुझेका ) नेता हुनु हाम्रो देशमा यो दुर्दशा हुनुका कारण हो त रु या भनौँ युवा, पढेलेखेका राजनीतिमा नमुछिएका हरुको हातमा नेतृत्व आए हालको समस्या टर्छ त रु हो, हामी आफ्नै नाकामीको अनुभव र छिमेक या अन्तराष्ट्रिय क्षेत्रका दृष्टान्तहरुले सिकाएका पाठहरुलार्इ हेर्ने समय आएको छ । हामी दुनिया भन्दा वर्षौँ हैन सताब्दियौँ पछाडी छौँ । हामीले अझै पनि सहि विकल्प छान्न या आफै विकल्प भएर उभ्भिन सक्दैनौ भने अघिल्लो पुस्ताले हामीलार्इ धिक्कार्ने छ । तर हामीकहाँ व्यक्तिको रुपमा पढेलेखेका नेता पनि छन् जसले विगतमा शासन सत्ता सम्हाले र विफल भए । र जहाँसम्म युवाको कुरा छ, देश बनाउने सुन्दर सपना बोकेर युवाकालमा हैन बाल्यकालमै राजनीतिमा होमिएका नेता पनि हामी सँग छन । तर विडम्बना उनिहरुले आफ्नो युवा जोस देशका लागि नभर्इ आफ्ना नेतृत्वमा रहेका छट्टु नेताहरुको स्वार्थका लागि खर्चे ।

पुराना गए र उनीहरु आए तर अब समय उनिहरुको बसमा रहेन । दुखको कुरा के पनि छ भने यही ट्रेण्ड आज पनि चलिहरेको छ । सिक्ने पढ्ने उमेरमै पार्टीहरुमा सक्रिय हुने, युवा जोस नेताहरुको पिछलग्गु भएर उनिहरुका खातिर खर्चिने र कालान्तरमा शक्तिमा पुगेपछि त्यही गतिविधी दोहोर्याउने । यानकी शासनसत्तामा पुगुञ्जेल उमेर गहिहाल्ने र सक्तिमा टिकिरहन युवाहरुलार्इ उल्लु बनाउने विकल्प हामीकहाँ प्रयोग भएको हो । त्यसकारण एउटा दुइटा युवा या पढेलेखेका नेता मात्रले समस्याको समाधान हुनेवाला छैन ।

भारतमा काङ्ग्रेसका नेता राहुल गान्धी लंदनमै पढेका र उतै राम्रो नोकरी पनि गरेका मान्छे हुन । उनि भारतमा पढेलेखेका राजनीतिज्ञहरु मध्येका एक मानिन्छन । उनी पार्टीमा महासचिव देखि उपाध्यक्षसम्म पुग्दा उनको एकमात्र नारा थियो राजनीतिमा युवा सहभागिता बढाउने र राजनीतिक सुधार गर्ने । उनले आफ्नो लक्ष्यमा केही सफलता पनि हाँसिल गरे । उनको पार्टीमा केही हदसम्म तत्कालिन समयमा युवा सहभागिता पनि बढ्यो तर राजनितिक सुधार त भएन । किनभने उनले ति युवाहरुलार्इ त्यही ढुङ्गामुडा गर्न र विपक्षिको सामना गर्न मात्रै प्रयोग गरे ।

क्षमता भएका युवाहरुको प्रयोग नेताहरुले गरेको गल्तिको ढाकछोप गर्न मात्रै भएपछि के हुँदो रहेछ भन्ने परिणाम छताछुल्ल छ । नेपालमा विगतमा त्यही भएको हो र आजका दिनमा पनि पुरानै ढर्राका पात्रहरु नयाँ भन्दै युवाहरुको आँखामा छारो हाल्न व्यस्त छन । कुनै पनि पुराना अराजक र विध्वंसात्मक मनोविज्ञान भएकाहरुको नेतृत्वमा नयाँ, पृथक र वैकल्पिक खालका शक्तिहरुको उदय र दीर्घकालिन समृद्धी असम्भव छ । क्षमतावान युवाहरुलाइ आफ्नोलागि प्रयोग गर्ने काम पुनः तिनै पात्रहरुबाट भइरहदा पनि चेत नखुल्नु हामी युवाहरुको बिडम्बना हो ।

छिमेकी भारतकै अर्का सान्दर्भिक उदाहरण हुन अरबिन्द केजरिवाल । प्रतिष्ठित आइआइटी पास आउट उनी पढेलेखेका युवा नेता मध्ये प्रमुख स्थानमा आउँछन । भारतिय राजस्व सेवाका पुर्व अधिकारी केजरीवाल प्रतिष्ठित रोमन म्यागसेसे पुरस्कार विजेता हुन । यी कुरा नै उनी बौद्धीक र शिक्षित नेता रहेको प्रमाण हो । राहुल गान्धी जस्तै केजरिवालको सफलता असफलताको निर्क्यौल गरिहाल्ने समय आइसकेको त हैन तर लक्षणहरु आशा अनुकुल छैनन । उनी त झन राजनीतिमा सुधार गर्न हैन नयाँ किसिमको राजनीति गर्न भनेर आएका हुन र जनताको विश्वास पनि जितेका हुन । तर उनी आफै र शिर्षस्थ केही सहयात्री बाहेक धेरै जसो उनको पार्टीका नेताहरु संदिग्ध पृष्ठभूमिका छन ।

धरै बहालबाला न्त्री र सांसद नै छानविनको घेरामा छन् । यद्यपी यसमा त्यहाँको राजनीतिक शक्ति सन्तुलनको पनि हात नहोला भन्न सकिन्न । विस्तारै भएपनि उनको पार्टी प्रति जनमानसमा धारणा बद्लिदैछ । आरोप उहि छ की उनी पनि पुरानै आरोप प्रत्यारोपको राजनीतिमा रुमल्लीए र राजनीतिक संस्कार सुधारको उनको अभियान अलमलमा परेको छ । यसले गर्दा जुन चामत्कारिक सफलता उनले पाएका थिए त्यसका विपरित उनको पार्टी अन्य साना र क्षेत्रिय पार्टीहरुकै हैसियतमा पुगेको कतिपय ठान्दछन । केजरीवाल र आम आदमी पार्टीको यो दृष्टान्तले पनि हामीलार्इ एक पाठ हुन सक्छ ।

केजरीवाल जस्ता पढेलेखेका युवा नेताहरुको भविष्य भन्न नसकिएपनि वैकल्पिक राजनीतिमा उनी उपस्थित हुन सक्ने सम्भावना र आशा छिन्नभिन्न भैसकेको छ । कतिपयले चित्रण गरेझै भयो भने यहाँ नेपालमा पनि उनी संगसैंको सेरोफेरोमा उदाएका आसातित शक्तिहरुले आमआदमीको बाटो समाउने खतरा रहन्छ । ति शक्तिहरुले यस्ता मुद्धाहरुमा सत्रक मात्र हुने हैन आफ्नो बैकल्पिक र मौलिक मार्गचित्र जनतासामु स्पष्ट पार्न नसके ढिलो भैसकेको छ ।

जनता सामु आफै उपस्तिथ नहुन्जेल सम्म विकल्प बनेर नमुना देखाउन असम्भव प्राय छ । र आफुलार्इ वर्तमान राजनीतिक शक्तिसन्तुलनका विकल्प ठानीरहेका नयाँ नयाँ शक्ति हरु विभिन्न अभियानहरुले पनि केहि कुरा मनन गर्नु पर्ने समय आएको छ । जस्तो की राम्रो नेतृत्वका लागि उच्च शिक्षा र युवा हुनु मात्रै पर्याप्त गुण हैनन् । भएका क्षमताहरुको उपयोग कुन तौर तरिकाले हुन्छ भन्ने कुरामा परिणाम भर पर्छ । अहिले जसले जे सुकै भने पनि दश पन्ध्र वर्ष पछिका प्रमुख प्रतिस्पर्धी भनेका यिनै उदाँउदै गरेका पृथक शक्तिहरुनै हुन ।

यो पुराना दलहरुको समय सक्किएर मात्रै हैन, नेपाली समाजको मागले पनि सम्भव छ र आवश्यकता पनि छ । तर एउटा कुरा छिट्टै हामीसबैले के बुझ्नु जरुरी छ भने कुनै पेशागत दक्षता भएका या उच्च शीक्षा हासिल गरेका एकदुइ जनाले मात्रै नेतृत्व लिँदा बाटो क्लियर हुन्छ भन्नु भ्रम हो । यस्तै मसंग धेरै युवा जमात छ मै हुँ अबको विकल्प भनेर कोहि सोच्छ भने उ झन ठूलो भ्रममा छ । कुरा के हो भने के ति युवाहरुलार्इ साँच्चै राजनीतिक संस्कार बदल्ने काममा लगाइएको छ त रु या भनौँ के पार्टीहरुमा सक्रिय युवाहरु उद्यमशील र आत्मनिर्भर छन त रु उनिहरुलार्इ भोलि शासन सत्तामा पुगुन्जेल लिनु पर्ने जिम्मेवारी को पुर्वतयारी स्वरुप तयार पारिदैछ त रु के ति सक्रिय युवाहरुको अतित सफा छ र समाजमा उनिहरुको प्रभाव सकारात्मक छ त रु हो यि र यस्ता प्रश्नरुको जवाफ जो संग छ उसको भविष्य उज्वल हुने सम्भावना छ भने सक्रिय युवाहरुको पनि राजनीतिक नेतृत्वमा पहुँच सम्भव छ ।

यदी यि कुराहरु युवा नेतृत्व या पढेलेखेका नेताहरुले गर्न सक्दैनन् भने उनिहरुले राजनीतिमा नआउनुनै राम्रो हुन्छ बरु आफ्नै पेषागत दक्षता भएको क्षेत्रबाट राष्ट्रलार्इ योगदान दिन सकिन्छ । तर राजनीतिमा नआइनहुने हो भने राजनीतिक नेतृत्वमा पुग्ने आकाङ्क्षा नबोकेकै बेस हुन्छ ।

र यो केरकार को निस्कर्ष के हो भने पढेलेका युवाको भविष्य राजनीतिमा सुरक्षित छ, देशले यहि वर्गको नेतृत्व खोजेको पनि छ । तर जब सम्म युवा अरु कसै गलत व्यक्तिबाट परिचालित छन या जब सम्म उनिहरु आफै विकल्प बन्न र तत् प्रकारको नेतृत्व लिन तयार हुन्नन् तब सम्म यो गाह्रो पनि छ । विगतमा कुनै राजनीतिक संलग्नता नभएका र स्वच्छ छवि भएका तथा पेशागत रुपमा दक्ष भन्दा पनि राजनीति वा कुटनीति वा नेतृत्व मा दख्खल राख्ने युवाकै नेतृत्वमा यो परिवर्तन सम्भव छ । नत्र फाट्टफुट्ट एक दुर्इ जना आउलान पुरानै मार्गमा चल्लान र युवा नेतृत्व को चाहना अधुरै रहने छ ।

राजनीतिक संस्कार सुधार या वैकल्पिक राजनीतिको चाह राजनीतिक नेतृत्वमा युवा विकल्प नआएसम्म पुरा हुने देखुन्न । त्यसैले युवा राजनीतिमा आँउ, युवालार्इ नै राजनीतिमा ल्याँउ, युवाहरुले नै नेतृत्व लिँउ र युवाको क्षमताको उपयोग राष्ट्रिय हितमा गरौँ । भन्ने गरिन्छ कि आफुमा परेपछि मात्रै सिकिन्छ । तर यो छुट हामी नेपाली युवालाइ छैन किनकी हामीले आफुमा पर्दा सम्म र त्यसपछि सिक्दा सम्म धेरै समय बितिसकेको हुनेछ । उसै त धरै पछाडी हाम्रो देश झन बढी पछाडी धकेलिँदै जानेछ र त्यसको जिम्मेवारी यो पुस्ताको युवाले लिनुपर्ने छ ।

अबको माग हो अघिल्लो पुस्ताको नेतृत्वबाट र उनिहरुका गूणदोषबाट सिकौँ । उनिहरुको राष्ट्रिय योगदानको सम्मान गरौँ । उनिहरुले गरेका गल्ति नदोहोर्याँउ । अघिल्लो पुस्ताको अनुभवको उपयोग र क्षमताको सम्मान गर्ने संस्कृती सहित उनिहरुलाइ जिम्मेवारीबाट विदा गरौँ । समग्रमा जित जीतको बाटो राजौँ । गलत राजनीतिलार्इ निषेध गर्ने हो र निषेधको राजनीतिलार्इ अन्तय गर्ने हो । कोही निषेध नहुन् सबै समेटिउन भन्ने भाव लिएर युवा अगाडी बढौँ । हामीले चाहेजस्तो राष्ट्रिय समृद्धी र शान्ती हाम्रै जीवनकालमा सम्भव छ । युवा राजनीतिमा आउन र स्थापित हुन जति धेरै समस्या छन् त्यति धेरै यहाँ सम्भावना पनि छन । तर ति सम्भावनाका फुलहरु टिप्न अरु कोहि नभएर युवाहरु आफै विकल्प बनेर अघि सर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.