मओवादी हेडक्वाटरको निर्णय, संविधान संसोधनमा दलहरुसँग सहमति लिने

prachanda-maobadi kendra

काठमाडौं, मंसीर ६ । ने.क.पा. (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संसोधनमा सहमति बनाउने निर्णय जिम्मेवारी दिएको छ । सोमबार विहान लाजिम्पाटमा बसेको केन्द्रको केन्द्रीय कार्यालय(हेडक्वाटर) बैठकले संविधान संसोधनका लागि दलहरुसँग सहमति कायम गर्ने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिएको हो ।
प्रधानमन्त्रीले संविधान संसोधन गर्न सोमबार साँझ प्रमुख दलको बैठक बोलाएका छन् । संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुने बताइएको छ । एभरेष्ट दैनिकबाट

माओवादी केन्द्रको पोलिटव्यूरो बैठक बोलायो

माओवादी केन्द्रले मंसिर ११ गते पोलिटव्यूरोको बैठक बोलाएको छ । पार्टीको संगठन लगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन– ‘आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमूख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुनेछ, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो । बैठकले सोमबार बेलुका बस्ने प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अधिकार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.