दुई करोडको भ्रष्टाचारमा थुनिए, २० लाख तिरेर निस्किए

काठमाडौँ – विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।rishav-dev-bhattarai

न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो ।

अख्तियारले भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको जनाएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.