अनौठो रेष्टुरेन्ट, जहाँ वेटरले टाउकोमा कण्डम लगाउँछन्

condoms-restaurantदुनियामा अनेकथरी रेष्टुरेन्ट छन् । कोही निकै अनौठा छन् । कसैमा ट्वाइलेट सिटमा बसेर खाना खाने प्रबन्ध छ भने कहीँ ग्राहकहरुले निर्वस्त्र मानिसको जिउमाथि राखिएका खानेकुरा खान पाउँछन् ।

कुनै रेष्टुरेन्टमा चाहीँ केवल निर्वस्त्र मानिसलाई मात्र प्रवेश दिइन्छ । दुनियामा एउटा यस्तो रेष्टुरेन्ट पनि छ जहाँ काम गर्ने सबै वेटरले टाउकोमा कण्डम लगाएका हुन्छन् ।

हो, थाइल्याण्डको बैंककमा रहेको क्याबेज एण्ड कण्डम नामको उक्त रेष्टुरेन्टमा धेरै ग्राहकहरु खनाको स्वादले भन्दा पनि कण्डमको टोपी लगाएका वेटरलाई हेर्नकै लागि जान्छन् । यो रेष्टुरेन्टको भित्री सजावट पनि मनै लोभ्याउने खालको छ ।

साजसज्जाका धेरै चिजहरु कण्डमबाटै तयार पारिएका छन् । यतिमात्र कहाँ हो र ? यहाँ आउने ग्राहकहरुलाई समेत सित्तैमा कण्डम बाँडिन्छ ।

तर यो कण्डम रेष्टुरेन्टको स्थापना कुनै लहड तथा यौन आकर्षण बढाउने हिसाबले भएको होइन । एड्स विरुद्धको अभियानमा लागिरहेका समाजसेवी मेकाइ विरावैद्यले यसको स्थापना गरेका हुन् ।

मानिसहरुमा सुरक्षित यौनसम्पर्कका विषयमा जागरुकता पैदा गर्नु र एचआइभी एड्सबाट बचाउनु यसको उद्धेश्य छ । कण्डम भन्ने चिज प्रयोग गर्न तथा चर्चा गर्न लाज मान्नुपर्ने विषय होइन भन्ने कुरा बुझाउनका लागि सबैजना वेटरको टाउकोमा कण्डम लगाइएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *