भारतीय राजदुत रायलाई फिर्ता पठाउन एमाले युवा -बिद्यार्थीहरुको माग

काठमाडौ, २६ मंसिर
एमाले निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालबाट फिर्ता पठाउन मागलाई चर्काउने भएका छन् ।
एमालेका भातृ संगठनहरु अनेरास्ववीयु र युवा संघ नेपालले राजदुत रायलाई फिर्ता पठाउन आज सरकारलाई ज्ञापनपत्र बुझाउँदै छन् ।

राजदूत रायले कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उनिहरुले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई आज ज्ञापनपत्र बुझाउन लागेको युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए ।
‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले राजदूत रायलाई फिर्ता पठाउनुपर्छ भन्ने हाम्रो मुख्य माग हो, यदी रायलाई नेपालमै बस्न दिईरहे थप अस्थिरता आउन सक्छ ।’ उनले भने, ‘ज्ञापन पत्र बुझाउन मन्त्रीको समय मागिरहेका छौँ ।’

अनेरास्ववियुसहित प्रतिपक्षमा रहेका राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले संविधान संशोधनको विरोध र भारतीय हस्तक्षेपको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि लैनचौरस्थित भारतीय दूतावास नजिक बिरोध प्रदर्शन समेत गरेका थिए ।आन्दोलनको क्रममै उनीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड जुलुश र मंगलबार बानेश्वरमै सडक बहस कार्यक्रम गर्न लागेका छन् । नेपाल पार्टीमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *