कुकुरको बारेमा यी रोचक तथ्य: सायद तपाईंलाई थाहा छैन

कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । त्यसैले कुकुरले जनावरहरुमा सबैभन्दा धेरै मानिसको माया पाउन सफल भएको छ र भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन् ।

मानिसले कुकुरलाई गर्ने मायाका विभिन्न उदाहरण पाइन्छन् । कतै मानिसले आफूले पालेको कुकुरलाई नै बिहे गरेको समाचार पनि सुनिन्छ भने कतै कुकुरलाई आफूसँग राख्न नपाउँदा लोग्नेसँग डिभोर्स गरेको खबर पनि आउँछ । यस्तो भाग्यमानी कुकुरहरुका बारेमा केही रोचक तथ्य यस्ता छन्:

· झण्डैै ३० हजार वर्ष पहिलेदेखि मानिसले कुकुरलाई घरपालुवा जनावर बनाएको हो ।

· कुनै समय कुकुर र भेँडाको वंशज एउटै थियो । त्यसैले आज पनि यी दुई प्राणीको डिएनए ९९ दशमलव ९ प्रतिशत मिल्छ ।

· मानिसको रक्तसमूह ४ प्रकारको हुन्छ, जबकी कुकुरको रगत १३ प्रकारको हुन्छ ।

· अन्तरीक्षमा जाने पहिलो जनावर कुकुर हो, जसको नाम लाइका हो । सन् १९५७ को नोभेम्बर ३ मा सोभियत संघले लाइकलाई अन्तरीक्षयानमा हाली अन्तरीक्षमा पठाएको थियो । तर अन्तरीक्षयानमा अत्यधिक गर्मीका कारण उसको मृत्यु भयो ।

· आमिर खानसँग एउटा यस्तो कुकुर छ, जसको नाम शाहरुख खान हो ।

· एउटा कुकुर २ वर्षको मानिसको बच्चाजत्तिकै बुद्धिमान हुन्छ र त्यसलाई डेढ सय शव्द सिकाउन सकिन्छ ।

· मानिसका अलावा कुकुर मात्रै यस्तो जिव हो जसले आँखामा हेरेर मानिसको हाउभाउ पहिचान गर्न सक्दछ ।

· कुकुरको सुँघ्ने शक्ति मानिसको भन्दा १ हजार गुणा बढी हुन्छ । तालिम प्राप्त कुकुरले सुँघेर विभिन्न रोगका साथै विस्फोटन पदार्थ र लागुऔषधि पनि पत्ता लगाउन सक्दछ ।

· आइसल्याण्डमा घरपालुवा कुकुर राख्नु गैरकानूनी हो । त्यस्तै अमेरिकाको ओक्लोहामामा कुकुरलाई जिस्काउनु गैरकानूनी हुन्छ ।

· चकलेट खानाले कुकुरको मृत्यु हुनसक्छ । चकलेटमा हुने थियोब्रोमाइन नामक पदार्थले कुकुरको रक्तसंचारमा असर पार्छ ।

· कुकुरले ६२ दिनसम्म आफ्नो बच्चालाई गर्भमा राख्दछ । जन्मिने बेलामा कुकुरको बच्चा अन्धो, बहिरो तथा दाँत नभएको हुन्छ ।

· गि्रस र बुल्गेरियाबीच कुनै समय एक गि्रक कुकुरले बुल्गेरियाकेा सिमाक्षेत्र पार गरेकेा विषयलाई लिएर युद्ध भएको थियो ।

· कुकुरले निदाएको बेलामा मान्छेले जस्तै सपना देख्छ । सानो कुकुरले हरेक १० मिनेटमा एउटा सपना देख्दछ भने ठूलो कुकुरले एक घण्टामा एउटा सपना ।

· १० वर्षभन्दा पाको उमेरका कुकुरहरु मध्ये ५० प्रतिशत क्यान्सरकै कारण मर्दछन् ।

· मानिसजस्तै कुकुरहरु पनि मोटोपनाका सिकार हुन्छन्, प्रायः पश्चिमा देशका कुकुरहरु ।

· कुकुरले दायाँतर्फ पुच्छर हल्लाउने ऊ खुसी हुनुको लक्षण हो, त्यस्तै बायाँतर्फ हल्लाउनु डराएको लक्षण हो । विस्तारै हल्लाउनु भनेको उसले संकोच मानिरहेको छ र जोडसँग हल्लायो भने ऊ रिसाएकोे बुझ्नुपर्छ ।

· प्रायः गाडी गुड्दा कुकुरहरु किन गाडीको पछाडि भुक्दै दौडिन्छन् ? मानौँ उनीहरु गाडीमाथि आक्रमण नै गर्दैछन् । यसको रोचक कारण छ । प्रायः कुकुरहरुले रोकिएको गाडीको टायरमा पिसाब गरेर आफ्नो इलाका तय गर्छन् । यसरी आफ्नो सिमानाको रुपमा रहेको गाडी गुडेर जाँदा कुकुरहरुले आफ्नो सिमाना कसैले खल्बलाइदिएको र आक्रमण गर्न थालेको अनुभव गर्छन् । जसलाई कुकुरले सहन सक्दैन र गाडीहरुको पछि दगुर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *