सान्टा क्लज’को पहिरन लगाएको आतंकवादीद्वारा इस्तानबुलको नाइटक्लबमा आक्रमण : ३९ जनाको मृत्यु (फोटो/भिडियो)

इस्तानबुल – टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । टर्कीका गृहमन्त्रीका अनुसार मारिनेमा १६ जना विदेशी रहेका छन् ।
सुलेमान सोल्युका अनुसार प्रहरीले आक्रमणकारीको खोजिगरिरहेका छन् ।

सहरका गर्भनर भासिप साहिनले यसअघि घटनामा एक प्रहरीको पनि मृत्यु भएको बताएका थिए । इस्तानबुलको ओर्टाकोय क्षेत्रमा रहेको रेनिया नामक नाइटक्लबमा स्थानीय समय अनुसार बिहान साढे १ बजे आक्रमण भएको थियो ।


घटनामा ४० जना घाइते भएको बताइएको छ ।

गर्भनरका अनुसार आक्रमणकारी सान्टा क्लजको लुगा लगाएर नाइट क्लब पुगेको थियो । ‘एक आतंकवादीले लामो दुरीको हतियारले नयाँ वर्ष मनाइरहेका सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए,’ घटना स्थलमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै भने ।


उक्त क्लब टर्कीका नागरिक मात्र नभएर विदेशीहरुबीच पनि चर्चित रहेको थियो ।

घटनापछि आक्रमणकारीको अवस्था अझै यकिन भएको छैन । प्रत्यक्षदर्शीले भने एक होइन दुई जना आक्रमणकारी रहेको बताइरहेका छन् ।


बिबिसीका अनुसार घटनाको बेला क्लबमा ७ सयभन्दा बढी मानिस थिए ।

इस्लामी चरमपन्थीहरुले नयाँ वर्ष र क्रिसमसको अवसर पारेर आतंकवादी आक्रमण गर्ने चेतावनी पहिलेदेखि नै दिँदै आइरहेका थिए । रातो पार्टीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *