प्रतिपक्षी नौ दलको बैठक सकियो, संसद अवरोध जारी राख्ने निर्णय

cpmuml

काठमाडौं, पुस २४ । प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता विपक्षी नौ दलको बैठकले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । बैठकले सरकारले संसद खोल्न कुनै पहल नगरेको भन्दै यथास्थितिमा संसद अवरोध जारी राख्ने निर्णय गरेको हो  ।

सिंहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयका  बसेको सत्ता विपक्षी नौं दलीय गठबन्धनको बैठकले संविधान संशोधन बिद्येयकलाई टेवल गर्न नदिने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध खुलाउनेवारे केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सरकारले कुनै पहल नगरेको भन्दै कठोर भएको छ ।

सभामुख ओनशरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि दलहरुलाई दिएको ६ दिनको समयमा आज सकिँदै छ । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको बिरोधमा संसद अबरूद्ध गर्दे आएको प्रमुख बिपक्षी एमालेसहित नौ दलले अाइतबार पनि संसद चल्न नदिने निर्णय गरेका हुन् ।

शनिबार बसेको एमाले स्थायी कमिटिको बैठकले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने निर्णय गरेको थियो । एभरेष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *