‘मत माया गर्ने मान्छे’ गीतको भिडियो रिलिज

पछिल्लो समय फिल्म छक्का पञ्जाको ‘देख्न चम्पा’ बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको लेख्न रहेको ‘मत माया गर्ने मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गर्नु भएको हो ।

 

‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए । यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउँछन । ‘माया गर्ने मान्छेसँग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ, यसै भावलाई गीतमा उतारेको छु’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए । गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *