धान चोर्ने मुसालाई यस्तो सजाय

musalai-sajayaचीनका एक पसलेले धान चोरेको अभियोगमा दुई मुसालाई अनौठो दण्ड दिएका छन् । उनले दुवै मुसालाई डोरीमा झुण्ड्याएर ‘लज्जित’ बनाए ।जिवित मुसाहरुलाई झुण्ड्याएर घाँटीमा पोस्टर टाँगिएको तस्वीर चीनको ट्वीटरजस्तै माइक्रो-ब्लगिङ साइट वेइबोमा फैलिएको थियो । तस्बिरमा दुवै मुसालाई चारै हात गोडामा डोरीले बाँधेर झुण्ड्याइएको छ । पहिलो मुसाको घाँटीमा झुण्ड्याइएको पोष्टरमा चिनिया अक्षरमा लेखिएको छ, ‘अब म फेरि कहिल्यै यस्तो गर्ने हिम्मत गर्ने छैन ।’

दोस्रो मुसाको घाँटीमा झुण्ड्याइएको पोष्टरमा अलि लामो सन्देश छ । त्यसमा लेखिएको छ, ‘हैट, के तिमीले गर्न सक्ने यत्ति हो ? यदि तिमीले मलाई पिटेर मार्‍यौ भने पनि म स्वीकार गर्नेछैन कि, तिम्रो घरको धान मैले चोरेको हुँ ।’

यो तस्वीर वेइबोका एक प्रयोगकर्ताले अपलोड गरेका हुन् । उनले क्याप्सन लेखेका छन्, ‘मेरो एउटा साथीले आफ्नो किराना पसलको गोदाममा दुईवटा साना मुसा भेट्टाए । पक्रिसकेपछि उनीहरुलाई यसरी लज्जित हुने गरी सजाय दिए । बिचरा मुसा । अब यिनीहरुले लुनार नयाँ वर्ष कसरी मनाउलान् ?’

उनले पछि मेलअनलाइनसँगको कुराकानीमा आफूले पोस्ट गरेको तस्वीर यति चर्चित भएकोमा अचम्म लागेको बताए । आफ्नो वास्तविक नाम खोल्न नचाहने उनले भने, ‘केही मानिसहरुले मुसाप्रति दया देखाएका छन्, केहीले मुसालाई घृणा गरेका छन् त केहीले रमाइलो मानेका छन् ।’ ‘मलाई पनि मुसाप्रति सहानुभूति छ । यस्तो सजाय दिएपछि मुसाहरु पक्कै मरे होला’ उनले भने ।

पसलका मालिकलाई तियान्काइले आफूले गरेको ‘पुरुषार्थ’ को बचाउ गरेका छन् । उनले भने, ‘जाबो मुसा त हो नि, के दया देखाउनुपर्‍यो ?’
गत वर्ष एउटा चिनीया जोडीले केरा चोरेको आरोपमा एउटा मुसालाई बाँधेर ‘सोधपुछ’ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.