२४ करोडको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग

घरेलु मदिरा बनाउन प्रयोग भैरहेको खाद्यान्नले २५ हजार जनालाई एक वर्ष खान पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । माघ १८, २०७३   तेह्रथुममा बार्षिक उत्पादित २४ करोड रुपैंयाँ बराबरको खाद्यान्न घरेलु मदिरा वनाउन प्रयोग हुने गरेको एक तथ्याङकले देखाएको छ । जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्य घरेलु मदिरा बनाउन प्रयोग भैरहेको जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले देखाएको छ ।

जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाउन प्रयोग भैरहेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले वताउनु भयो । घरेलु मदिरा बनाउन प्रयोग भैरहेको खाद्यान्नले २५ हजार जनालाई एक वर्ष खान पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । घरेलु मदिरा बनाउन जिल्लामा उत्पादन भएको कोदोले नपुग्ने भएकाले पुर्वी तराई र पहाडका अन्य जिल्लाबाट   समेत धेरै परिमाणमा कोदो आयात हुने गरेको कार्यालयले जनाएको छ ।

मदिरा वनाउन जिल्ला बहिरबाट वार्षिक ५ सय मेट्रिकटन कोदो आयात गरीने गरेको कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार तेह्रथुममा १९ हजार ८ सय ८४ कृषक परिवारले ३० हजार ४ सय २८ हेक्टर क्षेत्रफल जमिनमा खाद्यान्न खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *