अखिल क्रान्तिकारीद्धारा त्रि.वि केन्द्रिय क्याम्पसमा सुपर मेमोरी पावर सेमिनार सम्पन्न

rc
काठमाडौं, २२ माघ । शुक्रबार केन्द्रिय क्याम्पस किर्तिपरमा अखिल क्रान्तिकारीले माननीय मन्त्री धनीराम पौडेलको प्रमुख आथीत्यमा सुपर मेमोरी पावर सेमिनार सम्मपन्न गरेको छ ।

अखिल क्रान्तिकारीले लामो समय सम्म हुन नसकेको स्ववियू निर्वाचन अब कुनै बहानामा नरोकिने बताएको छ । शुक्रबार आयोजित स्ववियू केन्द्रित सुपर मेमोरी पावर सेमिनार कार्यक्रममा अखिल (क्रान्तिकारीका) केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौंपाने भने “युवाहरुको चाहाना अनुसार अखिल क्रान्तिकारी अघि बढ्ने भएकाले स्ववियू निर्वाचनमा २८ बर्ष उमेर हदबन्दि लगाएका छौं । उनले अब विश्वविद्यालयमा लामो समय सम्म स्ववियू उमेदवारको दाबेदार म हुँ भने र बस्ने अँकल हरुका दिन गएका बताए ।”

narendra
नियमित विद्यार्थी २८ बर्ष ननाघेको इमान्दार स्वच्छ छबि भएको उमेदवार फागुन चौंधको निर्वाचनबाट अखिल क्रान्तिकारीले नेतृत्व गरेको पृष्ठभुमिबाट आउने दाबि समेत गरे । अबको विकल्प अखिल क्रान्तिकारी बाहेक अरु नभएको समेत टिप्पणि गरे ।

उनले ७० बर्षको नेताले युवा पुस्ताको भविश्य निमार्ण गर्ने मार्गद्रशि भुमिका नखेल्ने भन्दै सुपर मेमोरी पावर, विश्व रेकड कायम गरेका अर्पण शर्माले यस बारेमा थप जानकारी दिने भन्दै युवाहरुको ध्यान केन्द्रित गरेका थिए ।

त्रि.वि जिल्ला समिति सह ईन्चार्ज अनिल केसीले आयोजित कार्यक्रमा बोल्दै “ फागुन १४ गते हुने स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका र आचारंहितासमेत जारी गरिसके पनि नेविसंघले २८ वर्षे उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायतका कार्यक्रम गर्दै आएको छ । उसको त्यो गैर जिम्मेवार पन हो । त्रि..वि आङ्गिक क्याम्पसहरुमा बार्षिक प्रणालिबाट अध्यापन कार्य हुन्छ भने केन्द्रिय क्याम्पस किर्तिपुरमा मात्र सेमेष्टर प्रणालि छ । सेमेष्टर प्रणालिका आधारभुत नियम लागु भएका छैन्न । सेमेष्टर प्रणालि र बार्षीक प्रणालि बिचको अन्तर छुट्याउने आधार भनेको के बार्षीक प्रणालिमा अध्ययन गरिराखेका विषयहरुको ६–६ महिनाको सेमेष्टरमा टुक्राएकर गुणस्तरीय शिक्षको परिकल्पना गर्न मिल्छ भनि प्रश्न चिन्ह् उठाए ।

kc
उनले त्रि.वि प्रशासनको औचित्य माथि प्रश्न गदै भने आम मजदुर,किसान आदिवासि,जनजाती श्रमिक वर्गका छोरा छोरी पढ्ने त्रि.वि क्याम्पसमा सेमेष्टरको नाममा विद्यार्थीहरुबाट विभिन्न बहानामा शुुल्क उठाउने गरेको पाएकोले भ्रष्ट प्रशासनलाई कानुनको दाएरामा लिई कार्वाहि गरेने समेत बताए ।

फागुन १४ मा स्ववियू निर्वाचन मिति घोषणा भएलगत्तै केन्द्रिय उपाध्यक्ष समेत रहेका रामचन्द्र अधिकारी ( RC ) त्रि.त्रिको कमाण्ड ईन्चार्ज सम्हालेका छन, भने संयोजक जग्दिश देवकोटा, ईन्चार्ज गहेन्द्र ढकाद, सह– ईन्चार्ज अनिल केसी रहेका छन ।

कार्यक्रमको संचालन केन्द्रिय सदस्य तिलक उपाध्यायले गरेका थिए भने सभापतित्व बरुण आलेमगरले गरेका थिए ।

tilak barun

तिलक उपाध्याय ( फोटो )                                                                      बरुण आले मगर ( फोटो )

स्मरण शत्ति अभिवृद्धि तालिम दिए अर्पण शर्माले –

सुपर मेमोरी पावरमा विश्व रेकर्ड कायम गरेका अर्पण शर्माले दिमागको वृद्धि विकास, स्मरण शत्ति बढाउन केन्द्रिय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई स्मरण शत्ति अभिवृद्धि तालिम दिएका थिए ।

arpan
उनले हलमा सहभागि विद्यार्थीहरुलाई भने तापाईहरुलाई मैले विश्व रेकर्ड कायम गरेभन्दा त्यति खुशि नलाग्न सक्छ । जति मैले भारतीए युवाको विश्व रेकर्ड तोडेर आफ्नो दोस्रो विश्व रेकर्ड कायम गरे भन्दा लाग्छ ।

यो उनको घुमाउरो शैलिलेको सबैले तालि पिटेर सम्मान गरेका थिए । उनले प्लेकार्ड, शब्द , नंम्बर सेतोपाटीमा हलबाट आएका शब्दहरुलाई टिपेर १ मिनेटमा सबै शब्दहरु कण्ठ बनाएका थिए ।

सवाल जवाफमा उनले हलबाट सोधेका सबै शब्दहरु क्रमिक रुपमा सहज तरिकाले भनेका थिए भने त्यसलाई क्रमभँग गरेर पनि भनेका थिए र सबैलाई चकित पारेका थिए ।

सुपर मेमोरी पावर सेमिनारमा अखिल क्रान्तिकारीका क्यामेरामा कैद गरिएका दृश्यहरु –

ps

DSC02618

st

DSC02645

gahendra

DSC02647

Leave a Reply

Your email address will not be published. Required fields are marked *