आँखा रसाउने भिडियोः एउटा पेट, दुई टाउको, चार हातः शिवनाथ र शिवरामको यस्तो जीन्दगी

प्रकृतिले पनि के के गर्छ । कहिले कस्तो प्राणी जन्माउँछ, कहिले कस्तो । यस्तै एउटा सिर्जना छ शिवराम र शिवनाथको रुपमा । शिवनाथ र शिवरामको जीवन देख्नेहरुको आँखामा आँसु नै आउँछ । दुबैको पेट र कमर जोडिएको छ । दुईवटा खुट्टामा दुईवटा टाउको । उनीहरु एक अर्कालाई हेर्न सक्छन् तर दुबैको पेटमुनिको भाग एउटा मात्रै छ ।

१२ वर्ष पुगे शिवनाथ र शिवराम । सामान्य गरीब परिवारमा जन्मिए उनीहरु । अहिले स्कूल जाने गर्छन् । भारतको रायपुरमा बस्ने उनको परिवार शुरुमा निकै दुखी भएपनि अहिले यसलाई नै नियती भनेर बसेका छन् ।

शिवराम र शिवनाथले आफ्ना सामान्य कामहरु आफै गर्छन् । लुगा लगाउने, नुहाउने, कपाल कोर्ने, पढाई र होमवर्क गर्ने काम सँगै गर्न सक्छन् ।

तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । दुई भाई अहिले धेरै कुरा बुझ्ने भएका छन् । भन्छन्– “हामी छुट्टिन चाहन्नौं ।”

डाक्टरहरुले अप्रेशन गरेर उनीहरुलाई अलग गर्न नखोजेका होइनन् तर प्रकृतिले जसरी जन्मायो, मर्दासम्म त्यसरी नै बाँच्ने उनीहरुको अठोटका अगाडि डाक्टरहरुको पनि केही चलेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.