स्ववियु निर्वाचन फागुन १८ गतेलाई तोकियो

काठमाडौं, फागुन ५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १८ गते हुने भएको छ । बिहिबार त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्षसहित तीन मुख्य दलसँग सम्बद्ध विद्यार्थी संगठन र स्ववियु चुनावको विरोध गरिरहेको विप्लव माओवादी निकट विद्यार्थी प्रतिनिधिबीच भएको छलफलमा नयाँ मिति निर्धारण गरिएको हो । त्रिविसँगको छलफलपछि फागुन १८ गते स्ववियु चुनाव मिति घोषणा गरिएको अखिल क्रान्तकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पुष्टि गरे । उनले भने-‘नयाँ मितिमा चुनाव हुन्छ अान्दोलनरत पक्षले अाजैदेखि अान्दोलन कार्यक्रम फिर्ता लिने सहमति भयो ।’

नयाँ मिति तय भएपछि विप्लव निकट विद्यार्थी संगठनले देशभरका क्याम्पसमा लगाएको ताला आजैका मितिदेखि खोल्ने सहमति भएको छ ।

त्यसअघि बिहिबार बिहान विप्लव माअोवादी निकट विद्यार्थी संगठनलाई सहभागी गराउन भन्दै स्ववियु निर्वाचन पाँच दिन सार्न त्रिवि पदाधिकारी र विद्यार्थी संगठन सहमत भएका थिए । प्रमुख तीन विद्यार्थी संगठन र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने सहमति गरेका हुन् ।

बुधबार मात्रै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णय गरेको भोलिपल्टै तीन दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी गरेका थिए ।

अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले एभरेष्टदैनिक डटकमसँग स्ववियु चुनाव सार्ने सहमति भएको पुष्टि गरे ।  ‘विश्व विद्यालय स्वायत्त निकाय हो, सरकारले गर्ने अन्य चुनाव र यसको चुनावमा भिन्नता छ , हिजै विद्यार्थी संगठनका प्रमुखहरुले चुनावको मिति एक दुईदिन सार्नपर्ने बताए पनि एमाले अध्यष ओलीले चुनौति दिएको कारण प्रधानमन्त्रीले भनेको समयमै चुनाव गर्न निर्देशन दिनुभएको थियो । विप्लव निकट विद्यार्थी साथीहरुले पाँच दिन चुनाव सारे भाग लिने बताएपछि मिति सारिएको हो ।’ उनले भने–‘पाँच दिन चुनाव मिति सार्ने र विप्लव माओवादीले क्याम्पसमा लगाएको ताला आजै खोल्ने र आजै त्रिविले नयाँ कार्यतालिका ल्याउने सहमति भएको छ ।’ तर दिउँसो त्रिवि पदाधिकारी र अान्दोलन गरिरहेको विप्लव माअोवादी  निकट बिद्यार्थी संगठन सहित नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका शीर्ष नेताबीच नयाँ मिति तोक्न सहमति भएकव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *