करिनाले गरिन पति र पूर्व प्रेमीकाे यस्तो तारिफ

अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अलि खान र पूर्व प्रेमी साहिदले सँगै अभिनय गरेको बलिउड फिलिम ‘रंगुन’ हेरेपछि दंग पर्दै यस फिलिम वर्षकै उत्कृष्ट हुने प्रतिक्रिया दिएकी छिन् । हालसालै उनले यस फिलिम हेरेर त्यसतो प्रतिक्रिया दिएकी हुन् ।

उनले भनिन्, ‘मैले यो फिल्म हेरे, यस वर्षकै उत्कृष्ट फिल्म हुने आश गरिरहेकी छु किनकी यस फिल्मलाई मेरा प्रिय निर्देशक विशाल भारद्वाजले निर्देशन गरेका छन् जसले ओमकारा पनि बनाएका थिए ।’ यस फिलिमलाई दर्शकले पनि मनपराउने उनले आशा व्यक्त गरिन् ।

उनले फिल्ममा लङ्डा त्यागीको भूमिकामा सैफ अत्यन्तै राम्रो देखिएको बताइन् । त्यस्तै ‘रंगुन’मा सैफले यस अघि कहिल्यै निर्वाह नगरेको पारसी भूमिका असरदार रहेको पनि बताइन् ।

विशालका फिल्मका नकारात्मक पात्रहरू सधैं दंग पार्ने किसिमका हुने उनले बताइन् । फिलिममा कंगना, सैफ तथा शाहिद जस्ता ३ जना चम्किला कलाकारहरूको वेजोड प्रस्तुती रहेको उनले बताइन् ।

उनीहरू फिल्म उद्योगका उत्कृष्ट कलाकारहरू हुन् भन्दै आफू उनीहरूबाट कम आशा गर्न नसक्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.