आर. आर. क्याम्पसमा आगो दन्काए

काठमाडौं – दिउँसोदेखि उम्मेद्वारी मनोनयनको विषयमा विवाद भइरहेको राजधानीको आरआर क्याम्पसमा विद्यार्थीले क्याम्पसमा आगो लगाइदिएका छन् । तर, कसले के कारणले आगो लागाइएको हो भन्ने खुल्न सकेको छैन ।
दिउँसो देखि तनाव ग्रस्त क्याम्पसमा अखिलका विद्यार्थीले आगो लगाएको आरोप नेविसँघका उपाध्यक्ष पुष्प शाहीले बताएका छन् तर, आगो लगाउनेहरु पहिचान नभए पनि नेविसँघ र अखिल क्रान्तिकारीले हुन सक्ने आशंका अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । आगो लगेपछि क्याम्पस हाता झन तनाव ग्रस्त बन्न पुगेको छ ।

आफु निस्केको १० मिनेटमै आगो लागेको थाहा पाएको क्याम्पस प्रमुख निर्मला सुवालले बताए । उनले भने –‘यस्तो प्रकारले निर्वाचन हुन सक्दैन हामी त्रिविको धारणा पर्खेर बसिरहेका छौं ।’ निर्वाचनको मिति नजिकिदै गर्दा क्याम्पस क्षेत्र तनाव ग्रस्त बन्दै गइरहेको छ । के कति क्षति भयो त्यो जानकारी नभएको क्याम्पस प्रमुखले बताए ।

निर्वाचन कार्यलय सार्ने विषयमा विवाद चर्कदै जादा दिउँसो झडप भएको थियो । दिउँसो झडपका क्रममा दुई नेविसंघका कार्यकर्ता घाइते भएका थिए । घाइते हुनेहरुमा सुरेश भारद्वाज र सुनिल शर्मा रहेका छन् ।
मनोनयनमा नेविसंघले अवरोध गर्न खोजेपछि विवाद हुँदा अनेरास्ववियूले आक्रमण गर्दा उनीहरु घाइते हुन पुगेको थियो ।

बेलुकी पख लगाइएको आगो प्रहरी र अनेरास्ववियुका विद्यर्थीहरु मिलेर निभाएका थिए । आगो क्याम्पसको गादाम कोठामा लगाइएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *