यी महिलाको कोखबाट जन्मिनेबित्तिकै किन मर्छन् बच्चा ?

कुनै पनि महिलाका लागि आमा बनेको पल सबैभन्दा सुखद हुन्छ । प्रसव पीडा भुलेर आमा बनेको पलका यादहरु सँगालेर राख्न चाहन्छन् महिलाहरु र आफ्नो नवजात शिशुसँग टाँसिइरहन्छन् । तर महिलाको यस्तो दुखद क्षणको कल्पना गर्नुस्, जहाँ गर्भमा हुर्किरहेको शिशुले जन्म लिने बित्तिकै मृत्युको शिकार हुन्छ ।

बच्चा जन्मिने बित्तिकै मर्छ भन्ने थाहा हुँदाहुँदै पनि ती महिलाले गर्भपतन नगरी गर्भ बोकिरहेकी छिन् र बच्चालाई जन्माएरै छाड्ने निधो गरेकी छिन् । अमेरिकाको ओक्लोहोमामा बस्ने एक दम्पत्ति यस्तै पीडाबाट गुज्रिरहेका छन् । केरी योंग र रोयसी योंगले पुनः बच्चा जन्माउने निर्णय गरे । उनीहरु छिटै नै आमाबुवा बन्नेवाला छन् । तर उनीहरु यो खबरले खुसी कम र दुखी बढी भएका छन् । केरीको पेटमा ५ महिनाको गर्भ छ ।

डाक्टरहरुले केरीको अल्ट्रासाउण्ड गरेपछि एउटा दुखद खबर सुनाए । जस अनुसार केरीको पेटमा रहेको बच्चा एउटा यस्तो दुर्लभ रोगबाट पीडित छ की जसका कारण उक्त बच्चाले जन्म त लिन्छ तर उसको दिमाग विकशित हुन पाउँदैन ।

डाक्टरहरुका अनुसार यो रोगका कारण जन्मेको केही घण्टामै नवजात शिशुको मृत्यु हुन्छ । यस्तो खबर सुनिसकेपछि केरी दम्पत्तिको पीडाको सीमा रहेन । पेटको गर्भपतन गराउने विकल्प उनीहरुसँग थियो । तर केरीले बच्चा जन्माउने निधो गरिन् । आउँदो १९ हप्तासम्म उनले गर्भ बोक्नेछिन्, ता की नर्मल डेलिभरी होस् र बच्चाको जिउका विभिन्न अंगहरु अरु मानिसालई दान गर्न पाइयोस् ।

केरीले हालै आफ्नो अल्ट्रासाउण्डको तस्वीर इस्टाग्राम र फेसबुकमा शेयर गरेकी छिन् । उनले उक्त तस्वीरसँग लेखेकी छिन् की आउँदो केही हप्तासम्म उनको बच्चाले उनको पेटमा लगातार लात मार्नेछ, उनलाई वाकवाकी आउनेछ र त्यसका कारण बच्चासँग उनको प्रेम अझै बढ्नेछ ।

उनले लेखेकी छिन्:  बच्चाको मुटु, खुट्टा, मृगौला तथा फोक्सो एकदम ठीक छ तर मस्तिष्क पूर्णरुपमा अस्वस्थ छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *