कोरियन भाषा परीक्षा जेठ २७ र २८ गते (सूचनासहित)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) कोरीयन भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै जेठ २७ र २८ को लागि परीक्षा मित तय गरेको हो ।
उत्पादनमूलक र कृषि तथा पशुपालन गरी दुई क्षेत्रका लागि हुने भाषा परीक्षाका लागि आगामी चैत ९ देखि १८ गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ ।
यसवर्षदेखि आवेदन फाराम अनलाइनमार्फत भर्ने व्यवस्था मिलाइएको छ भने परीक्षामार्फत १०२०० परीक्षार्थी उत्तीर्ण हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.