आइजिपी नियुक्तिबारे सत्तारुढ दलबीच सहमति, प्रकाश अर्याल बन्ने भए प्रहरी कमान्डर

२६ चैत, काठमाडौं । डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउन सत्तासीन घटकबीच सहमति भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।

सरकारले फागुन १ मा डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि प्रहरी प्रशासन निमित्त प्रमुखबाट चल्दै आएको छ ।

अदालतले कार्यसम्पादन मूल्यांकन र वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा आदेश दिएपछि फागुन १ को निर्णय अलपत्र परेको थियो ।।

स्रोतका अनुसार, प्रहरी प्रमुख चयन विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच तीन दिनअघि सहमति भएको छ । आजको नागरिक दैनिकले खबर लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *